काेहलपुरमा होम आईसोलेसनमा बसेकालाई चिकित्सक सहितको स्वास्थ्य सेवा

काेहलपुर बैशाख २५ गते । काेहलपुर नगरपालिकामा कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि शनिबारदेखि चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु भएकाे छ । काेहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी थारुकाे नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज काेहलपुरका डा. देवेन्द्र  आचार्य, डा.सन्ताेष थारु, काेहलपुर न पा स्वास्थ्य शाखा प्रमुख अनिल सेन,हेल्थ असिसेन्ट सुधन बुढाथाेकी र अासिफ खान,स्टाफ नर्स सुनिता थारु सहितका स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको हो । डाक्टर सहितको टोलीले संक्रमितलाई आवश्यक परामर्श तथा आवश्यक औषधी समेत सिफारिस गरेको छ ।

संक्रमितहरुको घरमा पुगेर चिकित्सक सहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गरेको छ । गम्भिर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिने बताइएकाे छ। टोलीमा सहभागी हेल्थ असिस्टेन्ट सुधन बुढाथाेकीले गम्भिरखालका विरामीलाई आईसोलेसन तथा अन्य अस्पतालमा रिफर गरिने बताउनुभयो ।

सम्बन्धित समाचार