काेहलपुर वडा न. ३ मा होम आईसोलेसनमा बसेकालाई चिकित्सक सहितको स्वास्थ्य सेवा

काेहलपुर, बैशाख २६ गते ।

काेहलपुर नगरपालिका वडा नम्बर ३ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि शनिबारदेखि चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । वडा अध्यक्ष माधव रिजालको नेतृत्वमा शिक्षण अस्पताल काेहलपुरका डा. देवेन्द्र आचार्यसहितको टोलीले संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको हो । डा.आचार्य सहितको टोलीले संक्रमितलाई आवश्यक परामर्श तथा आवश्यक औषधी समेत सिफारिस गरेको छ ।

चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी चिकित्सकले सिफारिस गरेका आैषधी नि शुल्क उपलब्ध गराउने भएको छ ।

संक्रमितहरुको घरमा पुगेर चिकित्सक सहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गरेको छ । गम्भिर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गरिदिने भएको छ । काेहलपुर वडा न ३ मा ५२ जना संक्रमित मध्ये ४३ जना हाेम आइसाेलेसनमा रहेका, ६ जना निकाे भएर घर फर्केका र ३ जना अस्पतालमा रहेकाे वडा अध्यक्ष रिजालले बताए।
यो सेवा सम्पूर्ण संक्रमितसम्म पुग्ने वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार