काेहलपुर आइपुग्याे ‘लिक्विड अक्सिजन’

काेहलपुर ,बैशाख २६

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘लिक्विड अक्सिजन’ आइपुगेको छ । आईतबार दिउँसो ‘लिक्विड अक्सिजन’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो ।

बिरगन्ज नाका हुँदै आएको उक्त लिक्विड अक्सिजन अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

स्मरणीय रहोस, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन बिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै केहि दिन पहिलेदेखि अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो ।

काचुलीखबरबाट


ताजा समाचार