गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् ।

भोलि सोमबार प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची छ ।

अविश्वासको प्रस्तावपछि पद जानेभएपछि उनले अघिल्लो दिनै राजीनामा बुझाएका हुन् ।


ताजा समाचार