काेभिड अस्पताललाई जीवन ज्याेति स्कुलकाे “अक्सिजन सिलिन्डर” सहयोग

 

काेहलपुर । काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलले काेभिड अस्थायी अस्पताल काेहलपुरललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
काेराेना महामारी शुरु भएदेखि विभिन्न सहयाेग गरणदै आइरहेकाे उक्त स्कुलले अस्पताललाई अक्सिजन सहितकाे ४ थान सिलिन्डर सहयोग गरेकाे हो ।

अक्सिजनको अभाव रहेको अवस्थामा सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन सघाउ पुर्‍याउने उद्देश्यले

अस्पतालाई सहयाेग गरेकाे विद्यलयका प्रिन्सिपल फा.जाेमन जेम्सले बताए ।
काेभिड अस्थायी अस्पतालका डा.सन्ताेष बुढाथाेकीले अस्पतालमा अक्सिजनकाे अभाव रहेकाे अवस्थामा अक्सिजन सिलिन्डर सहयोग गरेर धेरैकाे ज्यान बचाउन सहयोग गरेकाे भन्दै खुसी ब्यक्त गरे।
स्कुलका प्रिन्सिपल फा. जेम्सले स्कुलकाे तर्फबाट थप ५० वडा सिलिन्डरमा अक्सिजन भर्ने जानकारी दिए।

गत बर्ष पनि उक्त स्कुलले लकडाउनकाे समयमा खाधान्न तथा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिए।


ताजा समाचार

error: Content is protected !!