यसपालिको दशैतिहार र स्वास्थयकर्मी मेरी बहिनी

मनु अधिकारी
दशैतिहार पनि आयो । के साँच्चै घरमा आउन नसक्ने अवस्थामा छौ र ? सामाजिक संजालद्वारा सोधिएको मेरो प्रश्नमा सारा विश्वभरीका मानिसहरुको स्वास्थ्य प्रतिको चिन्ता र चासोले भरिपुर्ण जवाफ आयो, “सम्भव नै छैन ! म स्वास्थ्य कर्मि, यति वेला कुनै पनि मानिसलाई मेरो आवश्यकता पर्न सक्छ । त्यसैले मेरो कर्तव्य दशै र तिहारको टिका भन्दा पनि COVID-19 द्वारा संक्रमित मानिसहरुको हेरचाहा र उपचार हुनेछ” । समुन्द्र पारिवाट तिमि दशैमा घर फर्किने आसा थियो । विश्वनै रोईरहेका वेला तिम्रो यस्तो जवाफले मलाई पनि भावुक बनायो ।
मेरो बहिनि तिमि त साँच्चिकै जिम्मेवार बनेछौ । हिलोमा फुलेको फूल चट्टानलाई फोडेर उम्रेको वर पिपल अनि मेरो असल साथि, हाम्रो बाल्यकालको प्रतिकुल समयमा पिडा र गरिबी सँग लडीवुडी खेल्दा तिमि एक कुशल र अब्बल साथि बनेकि थियौ । सानो बेला तिम्रो हेरालो लाग्दा खुराको कालो कोट्टो परेको भाँडामा पकाएको तिम्रो आहरा स्वरुपको जाउलो खुवाँउदा तिम्रा प्रत्यक गासगासमा घुटुक्क घुटुक्क थुक निल्दै मुख सल्मलाउन बाध्य बनाउँथ्यो । गरिबीले पनि यतिसम्म निमोठेको थियो । रोग भोग अभावसँगै बाल्यकाल बितेपनि हामिले आमावुवालाई उचित संस्कार दिने कोशिस गर्यौँ र गरिरहेका छौँ । तेरो मेरो भनेर कहिल्यै लडाई गरेनौँ । आज दिदि बहिनिको प्रेमको अनुपम उदाहरण बेनेका छौँ ।
तिम्रो धैर्यता, अनुशासन, शालिनता, लगनशिलता, कोमलता, र नम्रताले तिमिलाई साँच्चिकै एक अब्बल स्वास्थ्यकर्मि बनाएछ । तिम्रो पेशा र जिम्मेवारीको उचित सम्मान गर्दछु मेरी वहिनि । यसपालिको दशैतिहारको रङ्ग रमाईलो सबै विरामिको सेवामै समर्पित गर्नु है ।
( बाँसगढि, बर्दिया)




