उप-प्रमुख थापालाई कोरोना संक्रमण

नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख उमा थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा उनलाई कोरोना संक्रमण देखिएको हाे।
उप प्रमुख थापाले आइतबार स्वाब दिएको र आज आएको नतिजामा उनलाईलाई कोरोना संक्रमण देखिएको अस्पताल श्राेतले जानकारी दिएकाे छ।
उप-मेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै होम आइसोलेसनमै बसेको जानकारी गराइन । उनले निकट केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षीतका साथ घरमै बस्न र केही लक्षण चिन्ह देखिए कोरोना जाँच गराउनकालागि आग्रह गरेकी छिन ।




