रहेनन् नविन रावत

 

कोहलपुर (बाँके)/

कोरोना संक्रमणका कारण बाँके काेहलपुरका नविन रावतकाे उपचारकाे क्रममा गत राति मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका ९ पिपरीका ३८ बर्षीय रावतकाे मृत्यु भएको हो ।
असोज १३ गते रिपोर्ट पोजेटिभ आएपछि उनी कोहलपुरस्थित नेपाल मेडिकल कलेज, शिक्षण अस्पतालमा भर्ना भएका थिए।
२३ गते राती ९ः३० बजे भेरी अस्पताल पुर्याइएका उनको राती ११ बजे उपचारको तयारीकै क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

बर्दिया बाँसगढि न पा अन्तर्गत भैसासुरमा प्राथमिक तह (१-५ )अध्ययन गरेका रावत कक्षा ६ देखि भने त्रिभुवन माध्यमिक विद्यलयमा ककाैरामा अध्ययन गरेका हुन। हाल यातायात ब्यवसायमा सक्रिय रावत लामाे समयदेखि काेहलपुरमा बसाेबास गर्दै आएका थिए। उनी यातायात मजदुर संघ बाँकेका अध्यक्ष तथा नेपाली काग्रेस काेहलपुर नगर समितिका सदस्य हुन।
उनका आमा, बुबा, श्रीमती र १२ र ६ बर्षिया दुई छाेरा रहेका छन।
नेपाली काग्रेस काेहलपुरले रावतकाे मृत्युले पार्टिलाई ठुलाे क्षति भएकाे जनाएकाे छ।
उनकाे बाँकेकाे सिधनिया घाटमा अन्तेष्टि गरिने भएकाे छ।
यो संगै बाँके जिल्लामा कोरोना संक्रमण भइ उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको भेरी अस्पतालको प्रेस नोटमा उल्लेख छ ।

सम्बन्धित समाचार