प्रेम, जात र पराकाष्टा

इन्दिरा गाैतम
आखिर प्रेम के हाे ? अनि जातीय अाक्षेप काे सवाल ? प्रेम शब्दलाई अंग्रेजीमा love र नेपालीमा माया भन्ने गरेकाे पाइन्छ। माया व्यक्ति अनुसार, नाता अनुसार फरक हुन सक्ला । माया भनेकाे सगै जीउने मर्ने कसम खादै अन्तिम अवस्थासम्मसगै जीवन बिताउने साेच नै हाे जस्ताे लाग्छ।अब म अन्तरजातीय प्रेम प्रसंगलाई जाेड्न चाहान्छु।मलाई अन्तरजातीय प्रेम भन्ने बित्तिकै पुरानाे याद अायाे।करिब २७/२८ वर्ष पहिले ताहाचल क्याम्पस पढ्ने क्रममा मेरो साथीकाे कमली भन्ने जातको केटासंग प्रेम भएछ।पहिले उहाँलाई कमली तल्लो जात हो भन्ने थाहा रहेनछ तर सगै बाच्ने सगै मर्ने कसम खाएको अन्तिम घडीमा तल्लो जात भएको कुरा थाहा भयो त्यो बेला चेतन र अचेतन मन र मस्तिष्क बिच द्वन्द्व शुरु भएछ । आखिर माया त माया हो । केही दिन दु:ख भए पनि होला प्रेम र जातको तुलना गर्नु हुदैन भन्दै जातीय भेदभाव को जालोलाई चिर्दै उहाँ आफ्नो प्रेमिकासित विवाह बन्धनमा गांसिन पुग्नु भयो। यहाँ मैले नबुझेको कुरा माया लाग् भन्दा लाग्ने र छुट् भन्दा छुट्ने हुन्छ र? अर्को कुरा के मायाले ब्राह्मण, क्षेत्री, वैश्य अनि शुद्र भन्छ र?
हाम्रो परम्परागत संस्कृतिले हावी भएको समाज अनि त्यही समाजमा बस्ने हामीमा जातभातले जरो गाडेकाे गाडै छ। मैले जाजरकाेट बस्दा एक जना ब्यक्तिलाई साेधे तपाइकाे जात के हाे ? साेध्नु पर्ने बाध्यता पनि थियाे। उहाँले आफूलाई अलिक संकाेच मान्दै भन्नू भयाे म दमाई हुँ। फेरि उहाँले मलाई प्रती प्रश्न गर्नु भयाे। मेडम किन जात साेध्नु भयाे?उहाँ भन्दै जानु भयाे ठूलाा जाताले हाम्माे देशा खाइसक्या। हामी त सानाे जाताकाे भन्छन।,फेरि मैले पहिलेकाे प्रश्नकाे सिधै उत्तर दिदै भने एउटा फर्म भर्नु थियाे त्यसैले जात साेध्न वाध्य भए ।उहाँ एकाएक पड्किन लाग्नु भयाे।याे जात भनेकाे के हाे? जात त मैले दुईवटा मात्र थाहा पाएकाे छु महिला र पुरुष भन्दै पड्किनु भयाे।
आजकाे २१ अाै सताब्दि सम्म आइपुग्दा पनि किन अन्तरजातीय प्रेमलाई यानिकी विवाहलाई सहर्ष रुपमा स्वीकार गरिदैन। परम्परावादीहरुले जातलाई बढवा दिदै दलित र अन्य जातबीचकाे खाडल झन झन ठुलाे बनाउदै लगेकाे पाइन्छ।अाखिर मानिस जुनसुकै जातकाे किन नहाेस चाेट लाग्दाकाे अनुभव एउटै अनि बग्ने रगत उस्तै विभेद किन? प्रश्न गर्न मन लाग्छ।जतिसुकै विभेद गर्दिन भन्नेले पनि अाफ्नाे थाप्लाेमा अाइपरे पछि सहर्ष स्वीकार गर्न किन नसकेकाे हाेला।मेराे मनमा खड्किएकाे जिज्ञासा ।गाउँ, टाेल, समाजका हरेक परिवर्तन मा फड्काे मार्न सक्ने तर जातिय प्रेमलाई किन अात्मसाथ नगर्ने। आजसम्मकाे आँकडालाई हेर्ने हाे भने एक दुईवटा वा छिट्फुट् रुपमा अन्तरजातीय प्रेम सफल भएकाे सुनिएला नत्र अधिकांश स्थानमा दुखद घटनामा नै परिणत हुन पुगेका छन्।
प्रेमलाई सर्वाेेपरी रुपमा सफल बनाउन सबै सराेकारवालाहरुले के के गर्नु पर्छ हाेला ?? जिज्ञासा! नबुझेकाेलाई बुझाउन सजिलाे हुन्छ तर जानीजानी बुझपचाउनेलाई बुझाउन गा-राे हुन्छ। आफूलाई पर्दा बु्झपचाउनेकाे संख्या बढी छ हाम्राे समुदायमा । सरकारी तवरबाट पनि बेला बेलामा प्रोत्साहन भएकै पाइन्छ। अन्तरजातीय विवाह गर्नेलाई १ लाख रुपैयाँ दिने ब्यवस्था नभएकाे हाेइन। जनसंख्या कम भए पनि डाटा अथवा तथ्यांक अनुरुप छुट्याएर अरु सरह पुर्याउन नखाेजेकाे हाेइन ।तल्लाे अाेहाेदाबाट माथिल्लाे स्थानमा लाने काम भएकाछ । यसरी कुनै लाेभ ,माेह देखाएर जातीय उत्थानमा लाग्नु भन्दा अाधारभूत तह देखि नै त्याे संस्कारलाई चिर्ने शिक्षा प्रत्येक घर ,परिवार र समुदायले दिने हाे भने यस्ताे विभेदबाट उन्मुक्ति पाउनुकासाथै प्रेममा परकाष्टा भाेग्नु पर्ने थिएन हाेला ।
धन्यवाद


ताजा समाचार