काेहलपुरका क्वारेन्टाइनहरुलाई जीवन ज्याेति स्कुलकाे ७ लाख बराबरकाे सहयाेग

कोहलपुर/ कोहलपुर १० मा रहेको जिवन ज्योती स्कूलले कोहलपुर क्षेत्रका विभिन्न क्वारेन्टाइनका खाद्य तथा स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ ।

कोहलपुर नगरपालिका १५ वटै वडामा रहेका १६ ओटा क्वारेन्टाईनहरुका लागि प्रति क्वारेन्टाईन जिरा मसिनो चामल ३०० किलो , दाल ३० केसी , तेल १० लिटर , आलु ५० किलो , प्याज २० किलो , नुन ५ केजि , सजिकल मस्क २५० पिस , प्रत्येक क्वारेन्टाईन्मा ५ पिस सेनिटाईजर र डिटोल साबुन १ दर्जनका दरले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतकाे राेहवरमा क्वारेन्टाइनलाई हस्तान्तरण गरेको हो ।

स्कुलले रावतलाई सामाग्री बिवरण उपलब्ध गराएका थिए।उक्त सामाग्रीहरु जिवन ज्योती स्कूलले १६ ओटै क्वारेन्टाईन्मा पुगेर बितरण गरेको स्कूलका प्रिन्सिपल जाेमन जेम्सले जानकारी दिए।प्रिन्सिपल जेम्सका अनुसार १६ ओटै क्वारेन्टाईनमा गरी जम्मा ४८ कुन्टल चामल , ४ सय ८० किलो दाल , १ सय ६० लिटर तेल , प्याज ३ सय २० किलो , आलु ८सय किलो , नुन ८० किलो, मास्क ४ हजार पिस सेनिटाईजर ८० जार र डिटोल सावुन १ सय ९२ पिस बितरण गरिएको हाे ।

कार्यक्रममा बोल्दै जिवन ज्योती स्कूलका प्रिन्सीपल जोमन जेम्सले समाजीक कार्यका लागि आफुहरु सधै तयार रहेको बताउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले यस अघि कोहलपुर १० को वडा कार्यालय मार्फत यस क्षेत्रका बिपन्नहरुलाई खाद्यान्न लगायत सहयोग गरेको बताए।स्कुलले यसअघि पनि काेहलपुर न पा वडा न १० लाई ५० हजार बराबरकाे सामाग्री उपलब्ध गराएकाे थियाे भने अप्ठ्यारोमा परेकाका स्थानिय गरिव परिवारलाई पनि खाद्य सामाग्री उपलब्ध गराउदै आएकाे छ। स्कुलले क्वारेन्टाइन, वडा र अन्य गरि करिव ७ लाख बराबरकाे सामाग्री स्तान्तरण गरिसकेकाे छ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जिवन ज्योति स्कूल शिक्षाका साथै समाजिक सेवाको क्षेत्रमा अग्रणी रहेको बताए । उनले हरेक बिपत्तिाका समयमा स्कुलले मानबिय सेवा गर्ने गरेको बताउदै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे। उनले बिपत्तिका समयमा स्थानीय सरकारलाई सबैको साथ आवश्यक रहेकोमा जोड दिए ।

सम्बन्धित समाचार