काठमाडौं महानगरद्वारा CCTV जडानका लागि नेपाल प्रहरीलाई छ कराेड

काेहलपुर
काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई छ कराेड रुपैया उपलब्ध गराएकाे छ। CCTV जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको मेषर वालेन शाहले सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन। फेसबुकमा मेयर शाहले लेखेका छन ,”चुनाब पहिले मैले भनेको थिए चोक चोकमा CCTV हाल्नेछु ।, यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौ । ”


CCTV जडान र सञ्चालनपछि सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उक्त रकम उपलब्ध गराउन लागेको मेयर शाहकाे भनाई छ ।
यो सुरुवात मात्र भएकाे र भबिस्यमा अझै धेरै सहकार्य गर्ने मेयर शाहले लेखेका छन ।

सम्बन्धित समाचार