बाँकेमा शिक्षक संगठनकाे लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण
नेपालगन्ज
नेपाल राष्ट्रिय शिक्षक संगठनले लुम्बिनी प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले लुम्बिनी प्रदेश समितिकाे आयाेजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके शाखाकाे समन्वयमा भएकाे प्रशिक्षणमा लुम्विनि प्रदेशका १२ जिल्लाका करिव १ सय ५० जना संगठनमा आवद्द शिक्षककाे सहभागीता रहेकाे छ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सगठनका पुर्व केन्द्रीय अध्यक्ष तथा शिक्षक महासंघका पुर्व केन्द्रीय अध्यक्ष बाबुराम थापाले पेशागत आन्दाेलन: अवसर र चुनाैती विषयमा,संगठनकाे वर्तमान अवस्था ,चुनाैती र संगठन विस्तार विषयमा संगठनका केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद भण्डारी ,संगठनका उप महासचिव एकदेव पन्थीले विधान संसाेधनर सांगठनिक गतिविधि विषयमा ,केन्द्रीय उपाध्यक्ष कमला थापाले महिला सशक्तीकरणमा शिक्षककाे भुमिका विषयमा ,उपाध्यक्ष लिला आचार्यले संगठनिक अनुसाशन विषयमा तथा संगठनका केन्द्रीय सदस्य बामदेव सुवेदी लगाएतले प्रशिक्षण दिनुभएकाे थियाे।
संगठनले देशैभरी सांगठनिक सुधार तथा प्रशिक्षणलाई अभियानका रुपमा अगाडि बढाएकाे संगठनका उप महासचिव एकदेव पन्थीले बताउनुभयाे। संगठनका बाँके अध्यक्ष रेखा धितालले प्रशिक्षणमा महिला शिक्षककाे सहभागीता उल्लेख्य रहेकाे जानकारी दिनुभयाे।