एकछाक खाएर भएपनि विद्यार्थीकाे हकहितमा लाग्नेछु- अध्यक्षका उमेदवार बुढा
काेलहपुर
बागेश्वरी बहुमुखी क्याम्पस ,काेहलपुरमा अध्यक्ष पदका उमेदवार देवेन्द्र बहादुर बुढाले आफुले विद्यार्थीका पिरमर्का राम्रोसँग बुझेकाे बताएका छन।
शनिवार पत्रकार भेटघाट कार्यक्रममा एमाले निकट अनेरास्ववियुकाे तर्फबाट स्ववियु अध्यक्ष पदका उमेदवार बुढाले आफू एकछाक समाेसा खाएर भएपनि बागेश्वरी क्याम्पसका विद्यार्थीकाे हक अधिकारकाे लागि लामाे समयदेखि लागिपरेकाेले स्ववियु निर्वाचनमा आफ्नाे प्यानल विजयी हुने दावी गरे। आगामी चैत्र ३ गते मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुदैछ।
अध्यक्ष बुढाले अनेरास्ववियुको पहलमा थेसिस लेख्दा तिर्नुपर्ने शुल्क खारेज गराएकाे स्मरण गर्दै भने-” अत्याधुनिक महिला मैत्री शाैलालयकाे माग गरिरहेका छाै।” अध्यक्षका उमेदवार बुढाले कतिपय विषयकाे पाठ्यपुस्तक नपाईने समस्या समाधान गर्न ई लाइब्रेरी संचालन गरि विद्यार्थीलाई पढ्न सहज वातावरण बनाउनु पर्नेमा जाेड दिए।उनले आफुले बिद्यार्थीका हकहितका लागी निस्वार्थ तरिकाले सहयोगीको भुमिका निभाएकाले आम बिद्यार्थीहरुको अभिमत आफनो प्यानलको पक्षमा हुने विश्वास समेत व्यक्त गरे।
पत्रकार भेटघाट कार्यक्रममा स्ववियु सचिव पदका उम्मेदवार महेन्द्र प्रकाश मल्ल, कोषाध्यक्ष पदका उम्मेदवार सुरेश चदारा, सदस्यहरुमा सिर्जना मल्ल, तुलाराम भट्टराई,अमिसा बोहरा र तिर्थ कुमारी नकालले समेत आफनो भनाई राखेका थिए।
कार्यक्रममा स्ववियु पुर्व सभापति सुर्य रोकायले अनेरास्ववियु भित्र कुन विवाद नरहेको बताउदै अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश के सी र सुमन घिमिरे लगातार चुनावी अभियानमा लागेकाे बताए।
बागेश्वरी बहुमुखि क्याम्पसमा अनेरास्ववियु र एकीकृत समाजबादी निकट अनेरास्ववियुकाे गठवन्धन छ। बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियु ,नेवि संघ र अनेरास्ववियु क्रान्तिकारी चुनावी प्रतिस्पर्धामा छन।