काेहलपुरमा पत्रकारहरुकाे हाेली मिलन

काेहलपुर,काेहलपुर क्षेत्रका पत्रकार र संचारिका समूह बाँकेबिच साेमबार संयुक्त हाेली मिलन तथा बनभाेज कार्यक्रम सम्पन्न भएकाे छ । काेहलपुर क्षेत्रका पत्रकार र संचारिका समूह बाँकेकाे संयुक्त आयाेजनामा काेहलपुरमा हाेली मिलन तथा बनभाेज कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा एक आपसमा हाेलीकाे शुभकामना अदानप्रदान गरेका थिए।


संचारिका समूह बाँके शाखाका कार्यबाहक अध्यक्ष सरला सुबेदीको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएकाे थियाे। पत्रकारहरुबिचको सूचना आदानप्रदान अनि मित्रता सधै सुमधुर रहोस भनेर नै होलि मिलन कार्यक्रम गरिएको पत्रकार बिष्णु बेल्वासेले बताए।
होलि मिलन तथा बनभोज कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रुद्र सुवेदीले यस्ता चाडपर्वले कार्यक्रमले एक आपसमा आपसमा सद्भाव बढ्ने हुँदा बेला बेला यस्ता भेटघाटका कार्यक्रम गर्दा सम्बन्धमा मिठास आउने बताए ।कार्यक्रममा शुभकामना दिदै प्रेस चौतारीका अनुशासन आयोग सदस्य बिष्णु बेल्बासेले सबै पत्रकारहरु एक भएर पत्रकारहरुका हक हितका लागि काम गर्न अनि एक आपसमा मित्रता कायम राखेर अगाडि बढ्न आग्रह गरे ।
यस्तै कार्यक्रममा संचारिका समुहकि लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज , प्रेस युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिङ केसि , प्रेस चौतारी बाँके उपाध्यक्ष बिनोद भट्टराई , पत्रकार महासङ बाँके कोषाध्यक्ष बिनोद पौडेल र प्रेस सेन्टर बाँके अध्यक्ष राजेश आचार्यले होलीको शुभकामना दिएका थिए। कार्यक्रममा कोहलपुर र नेपालगन्जमा रहेर काम गर्ने पत्रकारहरुको उत्साहपुर्ण उपस्थिति रहेको थियो।

 

सम्बन्धित समाचार