बाँके १ बाट एमालेबाट ढकाल र माओवादीबाट गहतराजकाे उमेदवारी


काेहलपुर— नेकपा एमालेका नेता सूर्य ढकालले बाँके–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ढकालले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । एमाले बाँकेका इन्चार्ज समेत रहेका ढकाल बाँकेमा लाेकप्रिय नेताका रुपमा चिनिन्छन।


बाँके -१ बाट नै माओवादी केन्द्रकाे तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज “अथक” ले पनि उम्मेदवारी दर्ता गराएका छ्न ।
प्रदेश १ क बाट माओवादीका कृष्ण के सि ले उमेदवारी दर्ता गराएकी छन भने प्रदेश १ ख बाट एमालेका दुर्गाप्रसाद चाैधरी र काग्रेसका तर्फबाट फुलाराम थारु लगाएतले  बांके क्षेत्र न.१ निर्वाचन कार्यालय अगैयामा उम्मेदवारी दर्ता गराएका छ्न ।


ताजा समाचार