बाढीपिडितकाे समस्या बुझ्दै एमाले नेता ढकाल


राप्तिसोनारी, बांके: यही असोज महिनामा परेकाे पानिकाे कारण भएकाे क्षतिकाे बारेमा जानकारी लिन बांके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकाल राप्ति सोनारीको विभिन्न क्षेत्रमा पुगेका छन ।
उनी राप्ति साेनारीका टिकुलिपुर , खोरिया कचनापुरका लगाएत बिभिन्न गाँउहरुमा पुगी स्थानियसंग छलफल गरेका छन।

राप्ती नदिमा आएकाे बाढि गाँउमा पसेपछि राप्तिसाेनारीका विभिन्न गाउँहरुमा क्षति पुगेकाे थियाे। बाढिले घरहरु भत्किदा यहाँका पिडितहरु घर छाडी सुरक्षित स्थानमा बास बस्ने गरेका छन । ्
सांसदकम उमेदवार ढकालले राप्ति नदिमा पुरै तटबन्ध गर्नेे आफ्नाे मुख्य काम हुने बताए। उनले राप्ति सोनारी र नरैनापुरमा पक्कि सडक सहित रोजगारि श्रृजना गर्ने कल कारखाना खुलाउन आफुले पहल गर्ने समेत बताएका छन ।
राप्ति सोनारीमा दुई वटा क्याम्पस भएपनि सरकारको नितिका कारण ती क्याम्पसहरु चलाउन अप्ठ्यारो परेकाे स्थानीयकाे गुनासाे गरे । सांसदका उमेदवार ढकालले गाँउगाँउमा उच्च शिक्षा संचालनमा सहज हुने गरि नितिगत सुधारका निम्ति आफनो प्रयास रहने जनाएका छन ।

उत्पादनको हिसाबले निकै उर्वरभूमि भएतापनि कृषि र गैर कृषिजन्य व्यवसाय प्रर्बद्धनका लागि कुनै एग्रोभेट नहुनु काम गर्नेको हातमा जमिन नहुने जमिन हुनेको जग्गाधनिपुर्जा नहुनु र कृषिमा आधारित अधिकांश जनसंख्यालाई तीन महिना भन्दा बढि खान नपुग्ने घरधुरि संख्याको बाहुल्यता रहेको कचनापुरको समस्या भनेको अब्यबस्थित बसोबास भएकाले त्यहाका जनतालाई लालपुर्जा हातमा पर्ने गरि आफुले कार्य गर्ने समेत जनाएका छन ।

सम्बन्धित समाचार