आगामी निर्वाचन राष्ट्रियता चाहने पक्ष र राष्ट्रियता नचाहने पक्षविचकाे लडाई – नेता ढकाल

काेहलपुर।


नेकपा एमालेका केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज सुर्य ढकालले मंसिर ४ गते हुने निर्वाचन देश जाेगाउने कि नजाेगाउने भन्ने अस्तित्वको महासंग्राम हुने बताएका छन।
राष्ट्रिय युवा संघ जिल्ला कमिटी बाँकेकाे बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति ढकालले मंसिर ४ मा हुने निर्वाचन राष्ट्रियता पक्ष र राष्ट्रियता नचाहने शक्ति विचकाे महासग्राम भएकाे बताए ।ढकालले पछिल्लो राजनितिक परिघटना देशलाई समृद्ध बनाउन तर्फ नभए विदेशिको भावना र आकाक्षा अनुरुप बनेको बताए ।ढकालले केपी ओली सरकारको नेतृत्वले जारी गरेको चुच्चे नक्सा मन नपराउनेहरु पाँच दलिय गठबन्धनकाे नाममा चुनावमा जान लागेकाे बताउदै आगामी निर्वाचन राष्ट्रियता बलियो हुने पर्छ भन्ने शक्ति नेकपा एमाले र विदेशीकाे इसारामा चल्ने शक्तिविचकाे महासंग्राममा भएकाे दावी गरे। उनले समृद्ध बाँके बनाउनका लागि नेकपा एमाललेका उम्मेदवारहलाई विजयी बनाउन युवाहरु झ बढि क्रियाशिल हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष खेम राज शर्माले बाँकेका ८१ व्टै वडाहरुमा राष्ट्रिय युवा संघको कार्य समिति गठन पुर्नगठन गर्ने साथै निर्वाचनमा प्रतेक बुथमा एक सय युवा परिचालन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा रामकुमार दिक्षित,सोहन यादव,तिर्थ डागि,तिलक वीर सुनार, निर्मला मल्ल, राजु तमाङ ,कृष्ण भुषाल लगाएतले  सम्बोधन गरेका थिए ।
बैठकले बाँकेका ८१ वडा कमिटीको बैठक तथा भेलाको आयोजना गर्ने । एक जना युवाले दुई जना मतदाता थप्ने ,मतदाता भेटघाट जस्ता कार्यक्रम संचालन गर्ने  जिल्ला कार्य समितिको बैठकले निर्णय गरेकाे राष्ट्रिय युवा संघका बाँकेका उपाध्यक्ष मनोज बिकले जानकारी दिए।


ताजा समाचार