काेहलपुर ११ का जनप्रतिनिधि स्वास्थ्यकर्मी सहित दिनहु संक्रमितकाे घर घरमा

काेहलपुर

काेहलपुर नगरपालिका वडा न ११ का जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् ।
आइतवार पनि कार्य पालिका सदस्य कल्पना अधिकारी ,वडा सदस्य छबिलाल भट्टराई ,काेहलपुर स्वास्थ्य चौकी प्रमुख प्रकाश जङ्ग हमाल ,सि.अ.हे.ब. लोकेन्द्र अधिकारी र अ.हे.ब राज कुमार थारु सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेका हुन ।

घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको कार्यपालिका सदस्य कल्पना अधिकारीले जानकारी दिनुभयो ।

वडा नं ११शान्तिटाेलका सङ्क्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।
सङ्क्रमित भई आइसोलेशनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहारबिहारलगायत विषयमा सचेत गराइएको उहाँले जानकारी दिनुभयो । घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा सङ्क्रमितहरू खुशी भएका छन् ।


ताजा समाचार

error: Content is protected !!