जन्मदिनको अबसरमा अक्सिजन ग्यास र खाधान्न सहयाेग
काेहलपुर

१४औं जन्माेत्सवकाे अवसर पारेर काेहलपुर ११ निवासी प्राप्ति सुवेदीले काेहलपुरमा रहेकाे काेभिड अस्पताललाई १० सिलिन्डर ग्यास सहयाेग गरेकी छन । काेराेना संक्रमित बिरामीलाई उपचारमा सहज हाेस भन्ने उद्देश्यले अस्पताललाई १० थान सिलिन्डर अक्सिजन ग्यास सहयाेग गरेकाे उनले बताइन। जन्मदिनको अवसर पारेर सुवेदीले काेहलपुर शिक्षण अस्पतालमा रहेका बिरामी र बिरामी कुरुवालाई भोजनका लागि खाद्यान्न प्रदान गरेकी छन।
लक डाउनले गर्दा जन्मदिन मनाउने पैसा बचत भयको थियो सोही पैसामा अलिकति थप गरेर सहयोग गर्न पाउदा सामाजिक काम मा हातेमालो हुने जन्मदिन पनि मनाइने भयकोले सहयोग गरेको सुबेदीले बताइन।
उनले भनिन-” घरमा मम्मीले समय समयमा विभिन्न सामाजिक कार्यमा सहयाेग गरेकाे देखेर म पनि यसमा प्रेरित भए।”
साथिभाइ सङ्ग बसेर रमाइलो गर्ने पैसाले अफ्ट्यारोमा सहयाेग गर्न सकिने भएकाले आफुले सामाजिक क्षेत्रमा सहयाेग गरेकाे उनले बताइन।
काेहलपुर उधाेग व्यापार संघकी उपाध्यक्ष समेत रहीकाे प्राप्तिकी आमा( मम्मी) संगीता सुबेदीले छाेरीले जन्मदिनमा सामाजिक क्षेत्रमा सहयाेग गरेर मनाउने चाहना अनुरुप अस्पतालमा सहयाेग गरेकाे बताइन।




