जीवन ज्याेति स्कुलद्वारा बृद्द तथा बालबालिकाहरुका लागि पाेषणयुक्त खाद्य सामाग्री सहयाेग
काेहलपुर,बाँके

काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलले काेभिड प्रभावित बृद्द तथा बालबालिकाहरुका लागि पाेषणयुक्त खाद्य तथा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ।
उक्त स्कुललले काेहलपुर नगरपालिका महिला तथा बालबालिका शाखालाई पाेषण युक्त खाद्य तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे।
स्कुलले १ सय २८ जना बृद्द तथा बालबालिकाका लागि च्यवनप्रास १ सय २८ पिस,अण्डा १ सय २८ क्यारेट,स्याउ १ सय ४० किलाे ,कागती ३३ केजी,बदाम १ सय ग्रामकाे १ सय २८ प्याकेट,मिनरल वाटर १ सय २८ पेटि र स्यानटाइजर १ सय २८ पिस र माक्स रहेकाे उक्त स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिए।
उक्त सामाग्रीहरु काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी थारुलाई स्कुलका प्रिन्सिपल फा.जाेमन जेम्सले हस्तान्तरण गरेका हुन।

सामाग्री हस्तान्तरण कार्यक्रममा काेहलपुर नगरपालिका उप प्रमुख थारुले जीवन ज्याेति स्कुलबाट स्थानिय सरकारलाई पटक पटक सहयोग गर्ने गरेकाे भन्दै खुसी ब्यक्त गरिन।
काेहलपुर शिक्षा शाखा प्रमुख अनन्त कुमार पाैड्यालले सामाग्री भन्दा पनि स्कुलकाे सहयाेगी मन महत्त्वपूर्ण भयकाे भन्नै जीवन ज्याेति स्कुलले हरेक समस्यामा साथ दियकाे बताए।
जीवन ज्याति स्कुलका शिक्षक अभिभावक संघका सदस्य चण्डी प्रसाद गैरेले अप्ठ्यारोमा जीवन ज्याेति स्कुलले सहयाेग गर्दै आइरहेकाे बताए।उनले स्कुल नगरपालिकाकाे नियम कानुनमा रहि आफ्ना क्रियाकलाप अगाडि बढाउने बताए।
स्कुलका प्रिन्सिपल जेम्सले अप्ठ्यारो परेकाे बेला स्कुलले सहयाेग गर्दै आएकाे र आगामी दिनमा पनि जीवन ज्याेति स्कुल नगरपालिकालाई आवस्यक परेकाे खण्डमा जस्तो सुकै सहयोग गर्न तयार रहेकाे बताए।
उक्त स्कुलले गत बर्ष र याे बर्ष नगरपालिका र माइति नेपाल मार्फत पटक पटक खाद्य तथा स्वास्थ्य सामाग्री सहयाेग गर्दै आइरहेकाे छ।




