काेहलपुरमा एमालेकाे आकस्मिक रक्तदान कार्यक्रम

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आज बिहान ८ बजे नेकपा एमाले जिल्ला कमिटि बाँकेले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण कोहलपुर मेडिकल कलेजमा रगत अभाव भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य अव्दुल हुँसेन खाँले बताए ।
‘अहिले कोरोनाका कारण रगत अभाव हुँदा धेरै बिरामीलाई समस्या भएको छ,’ उनले भने, ‘यस्तोबेला मानवीयता देखाउन रक्तदान कार्यक्रम गरिएको हो ।’
हाम्रो एक थोपा रगतले कसैको जीवन बच्न सक्ने हुँदा यस्तो संकटका बेला सचेत नागरिकको भूमिका निवार्ह गर्न रक्तदान कार्यक्रम गर्नुपरेको उनको भनाइ छ । हजुरहरुको एक प्वान्ट रगतका कारणले कसैको जिवन बच्न सक्छ त्यसैले स्वास्थ्यका मापदण्ड पुरा गरी रक्तदान कार्यक्रम गरिएको नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य खाँले बताए




