जीवन ज्याेति स्कुलद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री तथा खाद्य बैङ्कलाई खाद्यान्न सहयाेग
काेहलपुर,बाँके

काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलले इलाका प्रहरी कार्यालय काेहलपुरलाई प्रहरीलाई स्वास्थ्य सामाग्री तथा खाद्य बैङ्कलाई खाद्यान्न सहयाेग गरेकाे छ।
काेराेना महामारीको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरीको लागि स्कुलले विभिन्न स्वास्थ्य सामाग्री सहयाेग गरेकाे हाे।
स्कुलले ५० पाेका माक्स,२ सय ५० पिस सेनिटाइजर,पन्जा ५ पाकेट, एन ९५ माक्स २ सय ५० पिस ,पि पि इ ३ सेट,थर्मल गन २ वटा र अक्साेमिटर ५ वटा र सेनिटाइजर ५ जर्किनमा २० लिटर गरि जम्मा ७८ हजार बराबरको सहयाेग गरेकाे स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिए।
उक्त सामाग्री हस्तान्तरण गर्दै विद्यालयका प्रिन्सिपल फा जाेमन जेम्सले प्रहरी अग्रपंक्तिमा रहेर काममा खटिनु पर्ने भएकाले स्वास्थ्य जाेखिक कम हाेस भनेर विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे बताए।
उक्त सामाग्री प्रिन्सिपल जेम्सले इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि. एड . पि. रविन्द्र खलाललाई हस्तान्तरण गरेमा थिए।
स्कुलले आज नै काेहलपुरमा स्थापना भएकाे खाद्य बैंकलाई ६७ हजार ५ सय बराबरको ५० बाेरा चामल हस्तान्तरण गरेकाे छ।




