काेहलपुर-१ मा नवनिर्मित वडा कार्यालयकाे उद्घाटन

काेहलपुर नरपालिका वडा नं १ मा नवनिर्मित वडा कार्यालयको विहीबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नवनिर्मित भवनको उद्घाटन गरेका हुन । ५ कोठा र एकवटा सभाहल भएकाे उक्त भवनको लागत मुल्य ५१ लाख रुपियाँ रहेको काेहलपुर नगरपालिकाका सव इन्जिनियर महादेव जाेशीले जानकारी दिए। यो भवन ADB निर्माण सेवा कम्पनिले निर्माण गरेकाे हाे।

भवनको उद्घाटन गर्दै काेहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलेले सबै वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाएर लैजाने बताए । आज देखि वडा कार्यालय नयाँ भवनमा सरेको छ नगरप्रमुख रावतले भने, अव वडाबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सकिने छ । साघुरो ठाउँमा सेवा दिदा सेवाग्राहीलाई समेत अप्ठेरो भैरहेको थियो नगरप्रमुख रावतले भने, यो वडा कार्यालय निर्माणमा सहयोग पु¥याउने वडाका बासिन्दा र वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गर्ने जनज्ञान ज्याेति माध्यमिक विद्यालय प्रति आभारी छौं ।
नेकपा माअाेबादी केन्द्रका नेता नरेन्द्र न्याैपानेले जनप्रतिनिधी आईसकेपछि विकासमा गति देखिएको बताए । उनले भने, वडा कार्यालयमा सुविधा सम्पन्न भएको छ यसले छिटो छरितो सेवा दिनलाई सजिलो हुने छ । काेहलपुर नगरपालिका वडा नं १का अध्यक्ष गाेपिलाल खनालले वडा कार्यालय निर्माण गर्नमा सहयोग गर्ने सबैप्रति अभार प्रकट गरे । वडा कार्यालय साधुरो ठाउँमा हुँदा समस्या थियो खनाललेले भने, अव वडा भौतिक पूर्वाधार सम्पन्न भएको छ ।


ताजा समाचार

error: Content is protected !!