काेहलपुरमा बढे चाेरीका घटना

इलाका प्रहरी कार्यालय काेहलपुर का प्रमुख डि. एस. पि रविन्द्र खनालकाे निवास नजिकैका क्षेत्रमा दिनदाहडै चाेरीका घटना बढ्न थालेका छन।
उक्त क्षेत्रमा दिउसाेकाे समयमा चाेरीका घटना बढेकाे भन्दै स्थानिय चिन्तित भएका छन।
डि एस पि खनालकाे निवासबाट करिव १५० मिटरकाे दुरीमा रहेकाे काेहलपुर-१० सुन्दरटाेलमा बिहिवार दिउसाे करिव १ बजेकाे समयमा चाेरी भएकाे हाे। बिहिवार दिउसाे अनिता भट्टराईकाे घरभित्र चाेर पसी नगद र गरगहना गरि १ लाख बरावरकाे चाेरी गरेकाे छ। उक्त क्षेत्रहरुमा दिउसाेकाे समयमा घरमा काेही नभएकाे माैका छाेपी चाेरहरु घरभित्र पसी विभिन्न सरसमान चाेरी गर्ने गरेकाे स्थानियकाे गुनासाे छ।चाेरहरुले माेटर तथा खानेपानिकाे मिटर समेत चाेर्ने गरेकाे स्थानिय भाेलानाथ शर्मा बताउछन।
काेहलपुर क्षेत्रमा हुने चाेरी राेक्न प्रहरीले सक्रियता बढाउनु पर्ने स्थानियकाे माग छ।




