काेहलपुर क्षेत्रमा दिनानुदिन चाेरीका घटना बढ्न थालेपछि इलाका प्रहरी कार्यालय काेहलपुरले ‘ चाेरी नियन्त्रण याेजना’ लागु गर्ने भएकाे छ।
इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि. एस. पी. रबिन्द्र खनालका अनुसार काेहलपुर प्रहरीले सचेतना/ जनचेतना, सुरक्षा उपकरण जडान तथा चाेरकाे खाेजी तथा प्रक्राउ लगाएतका याेजना ल्याउन लागेकाे दैनिक उज्यालोलाई जानकारी दिए।
काेहलपुर प्रहरीले ल्याउन लागेकाे सचेतना/ जनचेतना अन्तर्गत केटाकेटीकाे भरमा घर नछाड्न अनुराेध गर्ने,घरमा तालाचावी राम्राेसंग लगाउने, लामाे समय घर बाहिर बस्न परेमा नगद तथा गरगहना घरमा नराख्न अनुराेध गर्ने र टाेलमा नयाँ तथा शंकास्पद ब्यक्ति देखियमा नजिककाे प्रहरीलाई खवर गर्न अनुराेध गर्ने लगायतका याेजना छन ।
यसैगरी सुरक्षा उपकरण/ संयन्त्र जडान अन्तर्गत conmunity securuty system जडान गर्न पहल गर्ने उक्त Sysem जडान गर्न नसकेमा cctv क्यामरा जडान गर्ने ,बित्तिय संस्थामा खटिएका सुरक्षाकर्मीलमई सुरक्षाका उपाएका बारेमा सुझाव तथा सहयाेग गर्ने लगायतका रहेका छन।
यसैगरी प्रहरीले ल्याउन लागेकाे चाेरी नियन्त्रण याेजना अन्तर्गत चाेरकाे खाेजी तथा पक्राउ रहेकाे छ। प्रहरीले शंकास्पद तथा संभावित ब्यक्तिकाे निगरानी गर्ने तथा पक्राउ गर्ने कार्यलाई तिब्रता दिन आफुले निर्देशन दिइरकेकाे डि .एस.पी. खनालले जानकारी दिए। चाेरीमा सम्भावित तथा शंकास्पद ब्यक्तिकाे बारेमा गाेप्य रुपमा प्रहरीलाई सुचना दिन पनि स्थानिय बासीलाई प्रहरीले आग्रह गरेकाे छ।
प्रहरीले गाेप्य रुपमा निगरानी बढाइसकेकाे डि.एस.पि. खनालले जानकारी दिए। कतिपय ब्यक्तिहरुले चाेरी भए पनि जाहेरी नदिदा प्रहरीलाई अनुसन्धान गर्न अप्ठ्यारो पर्ने भन्दै घटना पश्चात् अनिवार्य रुपमा जाहेरी दिन समेत काेहलपुर प्रहरीले आग्रह गरेकाे छ।
काेहलपुर प्रहरीले चाेरीका समान जथाभावी खरिद नगर्न पनि आग्रह गरेकाे छ। चाेरीकाे समान खरिद गर्ने ब्यक्तिलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएकाे छ।
काेहलपुरमा केहियता दिउसाे घरमा विभिन्न काेठा खाेज्ने,आफन्ती भेट्ने, साथीकाे रुम खाेज्नने लगायतका बहाना बनाई घरभित्र पस्ने र उपयुक्त माैका हेरी चाेरी गर्ने घटना बढिरहेका छन।साथै दिउसाे वा रातिकाे समयमा घरभित्र पसि पानी तान्ने माेटर,खानेपानिकाे मिटर तथा घरमा रहेका विभिन्न समानहरु चाेरी भैरहेकाे गुनासाे अत्याधिक आयपछि प्रहरी चाेरी नियन्त्रण याेजनामा सक्रिय हुन लागेकाे हाे।