ब्यवसाय बन्द गर्न काेहलपुर उधाेग बाणिज्य संघ सहमत

काेहलपुर
काेहलपुर नगरपालिकाकाे निर्णय बमाेजिम भदाै ५ गतेसम्म ब्यवसाय बन्द गर्न काेहलपुर उधाेग बाणिज्य संघ सहमत भयकाे छ।
आइतवार ( हिजाे) काेहलपुर नगरपालिकामा काेहलपुर उधाेग ब्यापार संघका प्रतिनिधि बिच भयकाे छलफलमा काेहलपुर नगरपालिकाकाे निर्णय अनुसार ब्यवसाय बन्द गर्न ब्यापार संघ सहमत भयकाे हाे।
नगरपालिकामा भयकाे छलफलमा काेहलपुरमा सबै किसिमका सवारी साधन चल्न नदिने र काेहलपुर प्रबेश गर्ने सबै नाका सिल गर्ने निर्णय भयकाे काेहलपुर उधाेग ब्यापार संघका महासचिव तेज प्रसाद अधिकारीले बताए। उनले भने,-” काेहलपुर बन्द भयकाे कारण काेहलपुरबाट किनमेल गर्न नेपालगन्ज नजाउन भन्ने हाम्राे भनाई हाे।”
काेहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कसैकाे स्वार्थकाे लागि नभई सबैकाे जिबन जाेगाउन बन्दकाे निर्णय गरेकाले यसलाई सबैले अक्षरस पालना गर्नुपर्नेमा जाेड दिए।

नेपालगन्ज र काेहलपुरमा फरक नियम लागु भयकाे,बैंक ब्याज,घर बहाल करर ब्यवसाय करका सम्वन्धमा स्थानिय सरकारले चासाे नदिएकाे,सर्वपक्षीय बैठकका ब्यापार संघकाे सुझाव सम्बाेधन नगरेकाे निर्माण कार्य नराेकियकाे लगयतका बुदामा असहमति जनाउदै माथि उल्लेखित बुदा श्रावण ३२ गतेसम्म सम्बाेधन नभए संघले भदाै १ बाट ब्यापार ब्यवसाय संचालन गर्ने चेताबनी दिएकाे थियाे।


ताजा समाचार

error: Content is protected !!