काेहलपुर छिर्ने सबै नाका सिल : सुरक्षाका लागि सेना परिचाल
बिनाेद भट्टराई

काेहलपुर नगरपालिकामा नेपाली सेना सहितकाे संयुक्त सुरक्षा फौज परिचालन गरिएकाे छ।
इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि. एस. पि. कुलदिप चन्दले आइतबार देखि काेहलपुरमा नेपाल प्रहरी र नेपाली सेना संयुक्त रुपमा गस्ति गरिरहेकाे बताए।
काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले समुदायस्तरमा कोरोना संक्रमण बढदै गएकाले श्रावण ३२ देखि भदाै ५ गते सम्मका लागी काेहलपुर बन्द गर्ने निर्णय गरेकाे बताए।

काेहलपुर उधाेग बाणिज्य संघले नगरपालिकाकाे निर्णय नमान्ने आसयकाे ध्यानाकर्षण पत्र नगर प्रमुख रावतलाई बुझायकाे थियाे। आइतबार नगरपालिका र ब्यापार संघका प्रतिनिधिहरु बिच छलफल हुदा नगर क्षेत्रमा अटाे, माेटरसाईकल , अन्य चारपाग्रे गाडी संचालन गर्न नदिने र काेहलपुर छिर्ने सबै नाका बन्द गर्ने साथै ब्यवसायीले ब्यवसाय पनि संचालन नगर्ने सहमती भयकाे उधाेग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए।
काेहलपुर नगरकाे हवल्दारपुर, काेहलपुर बजार क्षेत्र, मदनचाेक, काैशिलानगर , मनकामना चाेक , चप्परगाैडी, राेहिणीखाेला तथा खड्गवार सम्म नेपाली सेनासहितको संयुक्त सुरक्षाकर्मी बिहानैदेखि गस्ति गरिरकाे छ।
नगर क्षेत्रमा क्षेत्रमा अति अति आबश्यक बाहेक सबै प्रकारका सवारीका साधन संचालनमा राेक लगाइएको नगर प्रमुख रावतले बताए।
काेहलपुर नगर क्षेत्रमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो छ।




