काेहलपुरमा जनप्रतिनिधि , प्रहरी र ब्यापारसंघकाे संयुक्त अनुगमन

काेहलपुर

काेहलपुर छिर्ने नाका कडाई नभएको भन्ने गुनासाे आयपछि आज मंगलबार जनप्रतिनिधि र काेहलपुर ब्यापार संघका प्रतिनिधि सहितकाे टाेलीले अनुगमन गरेकाे छ। नेपालगन्जकाे सम्पूर्ण बजार खुला रहेकाे अवस्थामा काेहलपुरबाट किनमेल गर्न नेपालगन्ज जाने भन्दै काेहलपुर आउने जाजे सबै नाकामा कडाई गर्नुपर्ने ब्यवसायीकाे माग छ।
मंगलबार बिहान काेहलपुर नगर पालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, काेहलपुर उधाेग ब्यापार संघका महासचिव तेज प्रसाद अधिकारी , इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि.एस.पी. कुलदिप चन्द लगायतको टाेली हवलदारपुर, मदनचाेक ,काैशिलानगर तथा चप्परगाैडी पुगेकाे थियाे।
इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख चन्दले काेहलपुर छिर्ने सबै नाकामा थप कडाइ गरिएको बताए। उनले भने,- “सवारी पास भयका , बिरामी तथा सरकारी कर्मचारी बाहेक कसैलाई पनि छाडेका छैनाै।” काेहलपुरमा नेपाल प्रहरी तथा नेपाली सेनाले गस्ति गरिरहेकाे छ।
काेहलपुर उधाेग ब्यापार संघका महासचिव तेज प्रसाद अधिकारीले अहिलेकाे बन्दले स्थानिय ब्यापारी समस्यामा परेकाे बताए। खासगरी कपडा ब्यापारी र कस्मेटिक पसलेहरु तिजकाे बेलामा बजार बन्द हुदा समस्यामा परेकाे बताए ।महासचिव अधिकारीले भने,-” नेपालगन्ज बजार खुल्ला भयकाे अवस्थामा काेहलपुर बन्द गर्दा ग्राहक हरु नेपालगन्जतिर जान्छन।” उनले नेपालगन्ज जाने नाकामा कडाई गर्नुपर्नेमा जाेड दिए।
काेहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले ब्यापारी , ब्यवसायी तथा दैनिक ज्यालादारीमा काम गर्नेलाई समस्या भयकाे थाह पाउदापाउदै पनि नगरका जनतालाई काेरनाकाे थप संक्रमणबाट जाेगाउन काेहलपुर बन्दगर्ने निर्णय गर्नुपरेकाे बताए।


ताजा समाचार