बन्दलाई खुकुलो पार्ने मनस्थितिमा काेहलपुर नगरपालिका

कोहलपुर १०भदौ : कोहलपुर नगरपालिकामा भदौ ३२ गतेबाट शुरु भएको लकडाउन अाज( बुधबार)राती १२ बजेपछि सकिदैछ ।

समुदाय स्तरमा काेराेनाका संक्रमित देखिन थालेपछि थप संक्रमण फैलिन नदिन भन्दै काेहलपुर बन्द गरिएको थियो

ज राति बन्दकाे समय सकिन लागेपछि यस विषयमा थप निर्णय गर्न कोहलपुर नगरपालिकामा दिउँसो १ बजे काेहलपुर नगर स्तरिय कोभिड संकट व्यवस्थापन समितिको बैठक बस्दै छ।
बैठकले लकडाउन खुकुलो बनाउने गरी निर्णय लिने सक्ने बताइयकाे छ।

सावधानिका उपाय अपनाउदै भिडभाड नहुने गरी ब्यापार ब्यवसाय संचालन गर्ने,बैक, बित्तिय संस्था संचालन गर्ने र जाेर बिजाेर संख्याकाे अाधारमा सवारी संचालन गर्न दिने गरि बन्दलाई केही खुकुलो पार्ने मनस्थितिमा नगरपालिका रहेकाे बताइयकाे छ।

कोहलपुरका मेयर लुटबहादुर रावतले अागामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बैठकले निर्णय गर्ने भएपनि लकडाउनको समायवधि लामो भएको बताउँदै अब सावधानी अपनाउने गरी लकडाउन खुकुलो बनाउनु पर्ने आफ्नो ब्यक्तिगत बिचार रहेको बताए ।

मेयर रावतले भने-“बैठकमा सरोकारावाला निकायबाट प्रतिनिधित्व हुन्छ । त्यसका आधारमा निर्णय हुने भएकाले अहिल्यै के हुन्छ भन्न सक्दिन । तर मेरो मत त अब लकडाउन खुकुलो बनाएर जानुपर्छ भन्ने नै छ ।”

सम्बन्धित समाचार