काेहलपुरमा ‘बार’ अनुसार ब्यवसाय संचालन गर्न पाइने
कोहलपुर १०भदौ : कोहलपुर नगरपालिकामा भदाै ११ देखि बार अनुसार ब्यवसाय संचालन गर्न पाउने भयका छन।
समुदाय स्तरमा काेराेनाका संक्रमित देखिन थालेपछि थप संक्रमण फैलिन नदिन भन्दै गत श्रावण ३२ गतेदिखि काेहलपुर बन्द गरिएको थियो
आज ( बुधबार) काेहलपुर नगर स्तरिय कोभिड संकट व्यवस्थापन समितिको बैठकले केही बिधिहरु बनायर बजार खाेल्ने निर्णय गरेकाे काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार बारका अनुसार बिभिन्न किसिमका ब्यवसायहरु संचालन गर्न दिइने छ।
बैक तथा वित्तिय संस्थाहरु आइतवार ,मंगलबार र बिहिबार संचालन गर्न पाउने छन।
बैठकले लकडाउन जाेर गते जाेर नम्बरका विजाेर गते विजाेर नम्वरका निजि सबारी साधन संचालन गर्न पाउने छन





