माइक्रो टिचिङ म्याराथुन २०२०

इन्दिरा गाैैतम


विश्व काेभिड १९( काेराेना) ले आक्रान्त बनिरहेको बेला देशमा अस्तब्यस्तता छाइरहेको छ। यसका कारण विभिन्न क्षेत्रमा भएको क्षति त छदैछ यसकाे अलावा शिक्षा क्षेत्रमा पुगेको अतुलनीय क्षतिको समिक्षा गरेर नसकिने अबस्था छ।अन्य क्षेत्र भन्दा आलोचित हुने क्षेत्र शिक्षा नै हो ।

कोरोनाको कहरले समस्या भइरहेकाे वर्तमान अवस्थामा माइक्राे टिचिङ्ग म्याराथन मार्फत नेपाल राष्ट्रिय शिक्षक संगठनका शिक्षकलाई अबसरको बहाड नै ल्याइदिएको छ भन्ने अवस्था छ। यस्तो अबसर जुटाउने संगठनका सम्पुर्ण अग्रज प्रति हामीले आभार व्यक्त गर्नु पर्ने देखिन्छ ।

माइक्रो टिचिङ म्याराथुनलाई नेपालीमा सुक्ष्म शिक्षणको दौरान भन्ने बुझिन्छ। सूक्ष्म शिक्षण दौरान भन्ने बित्तिकै एउटा धावकले धावनमार्गमा कसरी प्रतिस्पर्धामा जितेर आफू सफल हुने भन्ने नै हो।छोटो पाठयोजना बनाएर १५ मिनेट भित्र एउटा कक्षा शिक्षण गरिसक्ने जस्मा प्रस्तोताले गरेको शिक्षणमा देखिएका कमिकमजोरीलाई समिक्षकले समिक्षा गरि शिक्षणमा सुधार ल्याउने उद्देश्यकासाथ बनाएको योजना सुक्ष्म शिक्षण योजना हो।

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष श्री लक्ष्मण शर्मा ज्युको परिकल्पना , नेपाल राष्ट्रिय शिक्षक महासंघ का अध्यक्ष श्री बाबुराम थापा ज्युको अभिभावकीय भुमिका निर्वाह तथा पाेलिट ब्युराे सदस्य केशवराज घिमिरे ज्यु लगायतकाे अतुलनीय याेगदानले याे लक्डाउनकाे समयमा जुम( zoom) प्रविधि मार्फत अधिराज्यभरका बिशेषगरि NNTA आवद्ध शिक्षकहरुलाई आफ्नो शिक्षण पेशामा अब्बल दृढ़ बनाउने उदेश्यकासाथ माइक्रो टिचिङ म्याराथुन २०२० नामक शिर्षक दिएर सन्चालन भइरहेको छ।प्रविधिको पहुँच भएका शिक्षकलाई तालिम रूपी सूक्ष्म शिक्षणमा सहभागी गराउने अवधारणा स्वरुप आज पुर्ब इलाम , झापा, मोरङ , पाल्पा, रुपन्देही हुदै छैटौं जिल्लाको रुपमा बाँके जिल्लाले पनि उक्त सुक्ष्म शिक्षण कार्यक्रम सम्पन्न गरेको छ।यो कार्यक्रम देशभरि पहुँच भएका जिल्लामा निरन्तर रुपमा संचालन गर्दै लगिने छ।यसरी परिकल्पनाकार लक्ष्मण शर्मा ज्युले गरेको परिकल्पनालाई साकार पार्ने काम हामी सम्पुर्ण देशबासी शिक्षकहरुले गर्दै आएका छौ ।

अस्तब्यस्तताको अबस्थामा देशको सम्पुर्ण क्षेत्र नै लथालिङ्ग भएको हुन्छ त्यसको दोष खाली नेताहरुलाई लगाइन्छ तर मैले नबुझेको कुरा देशमा शैक्षिक समस्या आयो शिक्षकको काधमा, बिध्यार्थी फेल भए प्रतिशत घट्यो शिक्षकको काधमा , विभिन्न बहानामा बन्द हड्ताल हुन्छन् शिक्षकले राजनीति गरेर भएको भन्दै शिक्षकलाई नै दोषारोपन आउँछ।ए बाबा! शिक्षक ज्ञानको श्रोत हो।नजान्नेलाई जान्ने बनाउने प्रेरणाको खानी हो।शिक्षक हरपल मेहनत गरेर आफ्नो कार्य सफल पार्न लागेको हुन्छ तर दोष र अबजस सबै त्यही शिक्षकले पाउछ ।
कोरोनाको कहरमा शिक्षक यो वा त्यो कोण बाट ज्ञान लिने र दिने कार्य गरिरहेका छन।यो समयमा प्रबिधिसित जोडिएर शिक्षण गर्न सक्ने शिक्षक बनाउने श्रेय ने. रा. शि. सं राष्ट्रिय समितीलाई छ किनकी यो लकडाउनको समयमा पनि सम्पुर्ण इच्छुक शिक्षकलाई सूक्ष्म शिक्षण पाठयोजना बनाउन लगाएर प्रबिधि मार्फत अधिराज्यभरका शिक्षकलाई शिक्षण गर्ने क्रममा पुन: ताजकी गराउन वा प्रेरणा दिन सफल भएका छन।यो बृहत योजना सहितको कार्यक्रम यदि सरकारी तवरबाट हुन्थ्यो भने कार्यक्रम ब्यवस्थापनका नाममा बजेट बिनियोजन गर्नु पर्ने त्यसका साथसाथै चुहावट हुने सम्भावना नआउला भन्न सकिँदैनथियोे ।कुनै पनि क्षेत्रको बिकास गर्ने कुरा आफैबाट सुरुवात गर्नु पर्छ अर्काको मुख ताकेर बिकास सम्भव छैन भन्ने कुराको आभास ने. रा. शि. सं ले देशभर नै उजागर गरेर देखाइदिएको छ।

माइक्रो टिचिङ म्याराथुन २०२० कार्यक्रमले सम्पुर्ण शिक्षकलाई आफ्नो पेशाप्रति अब्बल , कटिबद्ध र प्रेरणादायी बनाउन सहयोग पुर्याएकोछ भने अस्थायी , राहात र निजि प्राकृतिका शिक्षकलाई स्थायी प्रक्रियामा जान समेत सहयोग पुर्याउने देखिन्छ ।बिद्यालयमा अध्यापन गराउने सबै बिषयको प्रस्तुति हुने भएकोले जुनसुकै बिषयमा पनिआफ्नो क्षमता वृद्धि गर्न सकिन्छ ।नेपाल सरकारले शिक्षकलाई सम्पुर्ण ज्ञान हासिल् गर तब मात्र कुसल शिक्षक( smart teacher) बन्न सक्छौ भन्दै गर्दा आजका शिक्षकहरुमा बिषय सम्बन्धि ज्ञान भए पनि प्रबिधिको ज्ञान हामी केही शिक्षकहरुमा कम भएलो मैले पाएं। ने. रा. शि. संले प्रबिधियुक्त भएर शिक्षण गर्नु पर्छ भन्ने जोस, साहस दिने काम गर्नु कासाथै सबै शिक्षकलाई प्रबिधिउन्मुख बनाउने जमर्को गर्दैछ ।यस कार्यक्रमप्रती हामी सबै सराहनीय छौ ।जस्तो कर्म गर्यो उस्तै फल प्राप्त हुन्छ भनेझैं हामीले प्रेरणादायी , परिकल्पनाकार जस्ता ब्याक्तित्वको अनुसरण गर्दै अगाडि बढ्न सकेमा कर्मको फल मीठो आउने निश्चित छ।

हाम्रा बिद्यालयका कक्षाकोठाहरुमा प्रबिधि रहित शिक्षण क्रियाकलाप को तुलनामा प्रबिधिसहितको क्रियाकलाप गर्नाले सिकाइमा निकै परिवर्तन आउने देखिन्छ ।माइक्रो टिचिङ म्याराथुन २०२०बाट सीप सिकेका शिक्षकसथीहरुले जसरी सूक्ष्म शिक्षणमा सफल हुनु भएको छ त्यसै गरि कक्षाकोठा शिक्षणमा पनि प्रबिधिको प्रयोग गरेर शिक्षण गर्नाले सिकाइ फलदायी हुनुकासाथै चिरस्थाइ समेत बन्ने र बिद्यालयको सिकाइ उपलब्धी समेत वृद्धि हुने देखिन्छ ।परम्परागत बिधिको प्रयोग भन्दा प्रबिधिको उपयोग गर्दा बिद्यार्थिमा उत्साहजनक सहभागिता हुने तथा शैक्षिक गुणस्तरमा नै सुधार ल्याउन सहयोग पुर्याउछ।

लकडाउनको ४ महिनाको अबधी भित्र हामी शिक्षकहरु प्रबिधिमैत्री भएर आ- आफ्ना अनुभव साटासाट गर्ने मौका पाएका छौ ।मेरो अनुभवमा बिद्यालय खुलेको समय जत्तिकै ब्यस्त र कृयाशिल बनिरहेको आभास भएकोछ। हामी शिक्षक अहिले निदाएका छैनौं निदाएकालाई समेत ब्युझाउने प्रयासमा लागेका छौ। यो प्रयास निरन्तर बढ्दै जनेछ। जबसम्म शिक्षक आफ्नो बिषयमा प्रबिधिमैत्री भएर शिक्षण गर्न सक्दैनन तबसम्म प्रयास जारी रहनेछ भन्दै शिक्षक निदाएका छैनन््शिक्षकलाई निदाएको देख्ने ब्यक्ति निदाएको बहाना गर्दैछन् कोभिड१९ कहर हामी शिक्षकलाई अबसर।
धन्यवाद
.

सम्बन्धित समाचार