बाँके प्रशासनले बार अनुसार व्यवसाय संचालन गर्न दिने भनी गरेकाे निर्णय रद्द

काेहलपुर
जिल्ला प्रशासन कार्यालय बाँकेले यसअघि बार अनुसार पसल ब्यवसाय खोल्न दिने गरेकाे रद्द गरेकाे छ। शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जेठ २१ गतेको निर्णय खारेज गरेको जनाएको हो ।

बजार र पसल ब्यवसाय संचालन गर्दा कोरोना संक्रमणको जोखीम बढ्न सक्ने देखिएकाले उक्त निर्णय रद्द गरीएको प्रशासन कार्यालयले सुचनामा जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले अब अत्यावश्यक र दैनिक उपभोग्य वस्तुका पसल मात्र संचालन गर्न पाउने जनाएको छ । बिहान ११ देखी दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य बस्तुसँग सम्बन्धित पसल मात्र संचालन गर्न प्रशासनले सूचना जारी गरेको हो ।

सम्बन्धित समाचार