सरकारले राहत शिक्षकसंग गरेकाे ३ बुदे सम्झाैता कार्यान्वयन गर्नुपर्छ- सभापति घर्ती

काेहलपुर

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी धर्तिले सरकारले राहत शिक्षकसंग गरेकाे ३ बुदे सम्झाैता कार्यान्वयन गर्नुपर्ने बताएकी छन।
शुक्रबार नेपाल राहत शिक्षक केन्द्रिय समिति(ICT) विभागले आयोजना गरेको र्भच्यूल ICT तालिमको उद्घाटन सत्रमा बोल्दै सभापति घर्तीले भनिन-” सम्झौता अनुसार राहत शिक्षककाे छिट्टै ब्यवस्थापन गर्नुपर्छ।”

उनले अग्रेजी बाेल्दैमा गुणस्तर हुने र नेपाली बाेल्दैमा गुणस्तर नहुने भन्ने गलत धारणा भएकाे भन्दै गुणस्तरलाई क्षमता हेरेर मापन गरिनुपर्नेमा जाेड दिइन।राहत शिक्षकहरुले सामुदायिक विद्यालयकाे गुणस्तर माथी उठाउन महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै सभापति घर्तीले सामुदायिक विद्यालयका सबै शिक्षकहरुले अझ बढि मेहनत गर्न अाग्रह गरिन।

यस्तै नेपाल राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले शिक्षा मन्त्रालय ४० हजार शिक्षकाे समस्या समाधान गर्न जिम्मेवार नदेखिएकाे गुनासाे गरे।उनले भने-“शिक्षा मन्त्रालय हाम्रा कुरा सुनेकै छैन।”
अध्यक्ष अधिकारीले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना, शिक्षक परिचालन, बालबालिकालाई अध्यापन गराउनु मुख्य समस्या रहेको बताए । समस्याको सामधानका लागि नेपाल भरीकै राहत शिक्षकहरुलाई र्भच्यूल बैठक तथा तालिम मार्फत असार १ गतेबाट बालबालिकाहरुलाई अध्यापन गराउने छौं ।
राहत शिक्षक केन्द्रीय समितिले करिव १ हजार राहत शिक्षकलाई जुम प्रविधि मार्फत IT सम्बन्धि तालिम संचालन गर्न लागेकाे नेपाल राहत शिक्षक केन्द्रीय बरिस्ठ सह अध्यक्ष बिरेन्द्र मल्लले जानकारी दिए।

सम्बन्धित समाचार