मान्नेलाई लकडाउन, नमन्नेलाई अवसर भयाे – नेता ढकाल

काेहलपुर

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बाँकेका युवा नेता तथा बाँके निर्वाचन क्षेत्र न १ का संयाेजक सुर्य ढकालले लकडाउनकाे माेडालिटी परिवर्तन गर्नुपर्ने बताएका छन।

दैनिक उज्यालोसंग कुराकानी गर्दै नेता ढकालले सरकारको नियम र अादेश मान्नेलाई लकडाउन र नियम र अादेश नमन्नेलाई अवसर सावित भएकाले अहिलेकाे लकडाउनकाे नियमलाई परिबर्तन गर्न सरकार संग माग गरेका हुन।
उनले उनले भनेका छन-” अझ‌ै एक हप्ता सम्म यस्तै रहेमा जनता विस्तारै लकडाउलाई उल्लङग गर्ने तयारीमा छन ।” सरकारको नियम र अादेश मान्नेलाई लकडाउन नमन्नेलाई अवसर सावित भएकाे उनकाे बुझाई छ। बैंकमा भिड ,विधुतमा भिड ,कृषि भेटमा भिड ,मण्डिमा भिड ,जुलुस र धर्ना निरन्तर हुदा नामको मात्रै लकडाउन भएकाे भन्दै लकडाउनको मोडालिटी तुरुन्तै परिवर्तन गर्न अाग्रह गरेका छन। सामाजिक दुरी कायम गर्दै श्रमिकलाई श्रम गर्नबाट रोक्नु नहुनेमा नेता ढकालले जाेड दिए। उद्योग व्यवसाय चौपट भएको छ ।”अब सरकार लकडाउन हैन चेतानाको अभियान सन्चालनमा लाग्नु पर्छ ।उद्योग व्यवसाय सूचारु गर्न दिनु पर्छ । कोरोनाले भन्दा पहिला भोकले मर्न दिनु हुदैन ।”- नेताल ढकालकाे तर्क छ।
विद्यालय, सपिङ मल, सिनेमा हल , हड्ताल आन्दोलनमा लकडाउन उपयुुक्त हुने बताउदै उनले अन्यन्त्र लकडाउन खुकुल्लो हुनु पर्नेमा जाेड दिएका छन । उनले भनेका छन-“सामाजिक दुरी कायम गर्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्न नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)समक्ष जोडदार माग गर्दछु ।”

सम्बन्धित समाचार