काेहलपुरमा एक हप्ताभित्र विद्यार्थीकाे हातमा पाठ्यपुस्तक पुर्‍याइने

काेहलपुर

काेहलपुरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हातमा एक हप्ताभित्र पाठ्यपुस्तक पुग्ने भएकाे छ।
काेहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पा‌ैड्यालले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले बन्दाबन्दीमा घरमै रहेका बालबालिकालाई वैकल्पिक विधिबाट पढाउने याेजना बनाइरहेकाे र यसलाई थप प्रभाकारी बनाउन काेहलपुरका सामुदायिक विद्यालयहरुले पनि छिट्टै नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने बताएका हुन।
शिक्षा शाखाले विद्यालयका प्रधानाध्यापक तथा पेशागत घटक र अन्य शिक्षामा सराेकारवाला संग बिहिबार भर्चुअल बैठक बैठक गरी हप्ताभित्र विद्यार्थीकाे हातमा पाठ्यपुस्तक पुर्‍याउने निर्णय गरेकाे शाखा प्रमुख पाैड्यालले जानकारी दिए। उनले भने-“विद्यालयले पाठ्यपुस्तकहरु खरीद गरी स्यानिटाइजेसन तथा सङ्क्रमण नहुने सुरक्षा प्रबन्ध गरी एक हप्ताभित्र विद्यार्थीको हातमा आवश्यक होशियारी अपनाई पाठ्यपुस्तकहरु पुरयाउने व्यवस्था गर्ने निर्णय भएकाे छ ।”
कोहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी चाैधरीले आफुहरू विद्यार्थीको हातमा पुस्तक पु-याउन प्रयत्नशील रहेको बताइन्। उनले भनिन-“वैकल्पिक विधिबाट अध्यापन गरिएको अवस्थामा पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्याउन सकेकाे खण्डमा विद्यार्थीहरु उतसाहित हुनुका साथै सिकाई सहज हुन्छ”
बैठकले वार्षिक परिक्षाको नतिजाका आधारमा अभिभावकसँग फोन सम्पर्क गरी विद्यार्थी भर्ना हुने नहुने एकिन गरेर माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गर्ने निर्णय भएकाे शाखा प्रमुख पाैड्यालले बताए।विद्यालयमा विद्यार्थीको नाम अभिलेखीकरण भएको अभिभावकलाई पुन फोन वा व्यक्तिगत भेटघाट गरि जानकारी दिनुपर्ने छ।यी सबै कार्यमा सुरक्षा र सतर्कता भने अपनाउन भनिएकाे छ।


ताजा समाचार