काेहलपुरका क्वारेन्टाइनमा रहेकालाई ए वन डेरीकाे दूध- दही

कोहलपुर

ए वान डेरी उद्योगका सञ्चालक सन्तोष पाैडेल र भीम पाैडलले कोहलपुरका बिभिन क्वारेन्टाइन्मा दुध तथा दही सहयोग गरेका छन् ।

उनीहरुले २० औं दुध दिवसको अवसर पारेर कोहलपुर ११ को बागेश्वरी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २० लिटर दुध सहयोग गरेका छन् ।

यसै गरी उनीहरुले गरी कोहलपुर १० को त्रिभुवन नमूना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा २० लिटर दुध सहयोग गरेका थिए। लकडाउन भए यता ए वन डेरीकाे तर्फबाट संचालक सन्ताेष पाैडेल र भीम पाैडेलले पैदल यात्रुलाई समेत विभिन्न समयमा दही दूध लगाएतका दुधजन्य चिजहरु निशुल्क बितरण गर्दै आइरहेका छन।
डेरी संचालक सन्ताेष पाैडेलले अाफुले अप्ठ्यारोमासेबा गर्न पाउँदा आफुलाई अानन्दकाे महशुस हुने बताए। समाजसेवा आफ्नाे रुचि भएकाे भन्दै डेरी संचालक भीम पाैडेलले अप्ठ्यारोमा आफु सधै साथ रहने बताए ।


ताजा समाचार