नेपालगन्जमा “जुलुश र धर्ना”

नेपालगन्ज
रुकुम घटनाकाे बिराेध गर्दै बाँकेकाे नेपालगन्जमा बिराेध जुलुश प्रदर्शन गरिएको छ।
संयुक्त दलित संघर्ष समिति बाँकेकाे आयाेजनामा धम्बाेजी चाेकदेखि शुरु भएकाे बिराेध जुलुस जिल्ला प्रशासन कार्यालयकाे अगाडि पुगेर धर्नामा परिणत भएकाे थियाे। बाँके जिल्लाबाट दलित नेता तथा अधिकार कर्मी सहितकाे टाेली रुकुमकाे चाैरजहारी पुगी चाैरजहारी घटनाको स्थलगत अनुगमन गरेकाे थियाे। अनुगमनकाे क्रममा आफुहरुले चाैरजहारी न पा का प्रमुख, इलाका प्रहरी प्रमुख,लगाएत स्थानिय संग समेत भेटघाट गरेकाे टाेलीमा सहभागी नेपाल दलित मुक्ती संगठन प्रदेश न ५ का सह इन्चार्ज पुजन बि.क.ले जानकारी दिए।अनुगमन टाेलीले नबराज लगाएत उनका साथीहरुलाई कुटपिट गरि नदिमा फालेकाे निष्कर्ष निकालेकाे सह इन्चार्ज बि. क. ले बताए।संयुक्त दलित संघर्ष समितिले आज नै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत रुकुम घटनाकाे प्रतिबेदन नेपाल सरकारलाई बुझाएको छ। यसैगरी नेकपा निकट नेपाल दलित मुक्ति संगठन बाँकेले पनि दाेषीलाई हदैसम्मकाे कारवाहीकाे माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत ज्ञापन पत्र बुझाएकाे छ।

सम्बन्धित समाचार