ताँजाकोटमा छुट्टै पहिचान बनाउन सफल नेता : ढकाल

जयपती ढकाल

जेष्ठ १५ गते
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)हुम्ला जिल्ला ताँजाकोट गाँउपालिका अध्यक्ष पुर्ण प्रसाद ढकालले अहिले छुट्टै पहिचान बनाउन सफल भएका छन । सबल र सक्षम नेतृत्व समाल्दै आएका ढकाल हुम्ला जिल्ला राजनीतिमा स्थापित नाम हो । तत्कालिन नेकपा एमाले होस वा अहिलेको नेकपाभित्र पार्टी काममा खटिने थोरै मध्येमा एकजना नेताको नाम हो । ढकालले पार्टी संगठन निर्माणसँगै विकास निर्माणका कार्यको पनि अगुवाई गर्दै आएका छन ।
पार्टीले क्षमतावान र कर्मठ युवा नेतालाई भनेर चिन्ने गरेको छ । २०३१/६/२९ गते हुम्ला जिल्ला साबिकको मदना गा.बि.स गल्लावाडा जन्मेका उनी मध्यम बर्ग परिवार बाट धर्तिमा उज्ज्वल प्रकाश किरण पाएका थिए ।
सानै बाट राजनीति ,सामाजिक काम गर्दै आएका र बिद्यार्थी आन्दोलन शिक्षा ,शिक्षित समाज खोजिरहेका ढकाल ।
२०४७ कार्तिक १० गते तत्कालीन नेकपा मालेको सधारण सदस्य लिएको बताउँछन् ।
पार्टी समाज र देशको लागि कटिबद्ध भएर लाग्ने युवा जुझारु विवेकशील असल क्षमतावान हुम्ला जिल्लाको एक बिकट वस्तिलाइ बदलिँदो बनाउन सक्छ, भन्ने आशामा पार्टिले २०४८ बैशाख १० आफ्नै अगुवाइ मा धर्मोदय नि मा बि मा अनेरास्ववियु प्रा क कमिटी गठन र अध्यक्षमा आफै जिम्मेवारी पाएका थिए । २०५० बैशाख ५ देखि २०५३ चैत १० सम्म सुर्योदय मा बि प्रारम्भिक कमिटी (अनेरास्ववियु )को अध्यक्ष समेत रहेका उनि २०५२ भदौ १०देखि २०५४ फाल्गुन
सम्म काम र पार्टी दिएको लगाफ को आघारमा अनेरास्ववियु जिल्ला कमिटी हुम्लाको उपाध्यक्ष जस्तो गरिमामय पद समाल्न पुगे ।
२०५०सालमा हिम्जोती मा बि सर्केगाड हुम्लामा भएको अनेरास्ववियुको प्रथम जिल्ला सम्मेलनमा जिल्ला कमिटि सदस्य पाउन सफल भइसकेका थिए ।
२०५५देखि ०५९ साविकको मदना गाउँ कमिटी अध्यक्षको जिम्मेवारि समालेका थिए । २०५९ देखि २०६३ सम्म नेकपा एमाले इलाका नम्बर ९ साबिकका गा .बि .स (मैला मदना) इलाका कमिटी अध्यक्ष पदमा स्थापित भए ।
२०६३देखि २०६७ सम्म नेकपा एमाले जिल्ला कमिटि सदस्य पदमा खुसी भएका उनी कुनै पद प्रतिष्ठा को खोजिमा थिएनन् आफ्नो कर्तव्य र जनताको बिषयमा विभिन्न प्रकार बिकास र शिक्षित समाज बनाउन उनको उदश्य थियो । २०६७ मा भएको जिल्ला अधिबेशनबाट पुन जि क सदस्य एबम सचिबालय सदस्य र इलाका न ९ को इन्चार्ज बन्न पुगे ।
२०६९ को जि क अधिबेशनबाट जि क उप सचिव र जि क आर्थिक बिभाग प्रमुख पद समाल्न पुगे ।
पारिवारिक सपोट बालबच्चा ,दाजु भाइ आमा बुवाको कुरा भन्दा पनि पार्टिको जिम्मेवारि पूरा गर्ने र गराउने पक्षमा सधैं अडिक स्तम्भ भइरहे १० बर्षको जनयुद्धमा पनि आफ्नो ज्यानको बाजि राखेर पनि पार्टीको काममा लागिरहेको थिए ।
२०७४ को स्थानीय चुनावमा ताँजाकोट गाउँपालिका पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवार समालेका उनी थोरै मतान्तरबाट पराजित भए। तर पार्टी प्रती सधै निर्धक्क मनोबल उच्च राखी रहेका थिए ।
२०७४ मा नेकपा हुम्ला निर्वाचनक्षेत्र ख को निर्वाचन क्षेत्र समन्वय कमिटीको संयोजक भए पार्टिमा राम्रो खुसियाली परिमाण राम्रो ल्याउन सफल भए ।
तत्कालीन नेकपा माओवादी र नेकपा एमालेको पार्टी एकीकरण पछी नेकपा जिल्ला कमिटी हुम्लाको सचिबालय सदस्य र स्कुल बिभाग उप प्रमुख पार्टिले राम्रो जिम्मेवारी दिएको छ ,।हाल ताँजाकोट गाउँकमिटी अध्यक्ष जस्तो गरिमामय पद समालेका छ्न ।
राजनैनिक स्तरका विभिन्न आन्दोलनमा सरिक प्रष्ट प्रवक्तारुपमा पनी चिनिने गर्छन ।
२०६२ मा गाउँमा बिजुली बत्ती बालेर हुम्ला जिल्ला भरी अझै नाम कमाउन सफल भएका थिय ।उदाहरण पनि दिएका थिए हुम्लामा पनि सबै बिकासको सम्भावना भएको जिल्ला चिनाउन सफल भएका थिए ।
एउटा उर्जावान जुझारु युवा नेतृत्व गर्न गाँउमा झैझगडा भयो भने सहजै समस्याको समाधान गर्न लागि परि रहन्थे । गाँउको बुद्धिजीवी बर्ग गाउँ धेरै बिकास गरेको आधारमा श्री सुर्य प्रकाश नि मा बि विद्यालयको बि ब्य स अध्यक्ष बनाएका थिए ।जनताको आशाको ज्योति ढकालबाट धेरै अपेक्षा राखेका थिए ।
आफू अध्यक्ष जिम्मेवारी बहन र आशाको ज्योति बालेरै छाडे स्कुलको नाममा ३२ सय बर्गमिटर जग्गा उपलब्ध गराइ भवन हरु निर्माण गराए । गाउँमा खाने पानीको ब्याबस्था, गाँउपालिकामा निर्माण धिन सडकहरुकोलागी पहल गरि दुर्गम ठाँउ सुगम बसाइ को महसुस गराएरै छाडे ।
पुर्व नेकपा एमाले बाट विभिन्न कालखण्डको सामना गर्दै देशको सर्वाङ्ग विकासको लागि त्यहाँको समाजमा शिक्षा र श्रमको अन्तरसम्बन्धले महत्वपुर्ण भुमिका खेलेका छन । विकासको लागि शिक्षा मेरुदण्ड हो भने दक्ष जनशक्ति र श्रम महत्वपुर्ण आधार हो । दक्ष जनशक्ति उचित शिक्षाले नै उत्पादन गर्दछ र दक्ष जनशक्तिको सीप र श्रमले नै विकासको आधार निर्माण गर्दछ भन्ने ढकालको भनाइ छ।
मार्क्सवादी सिद्धान्त अनुसार प्रकृतिमा उपलब्ध भएका विभिन्न पदार्थलाई मानव जगतको उपयोगको लागि विभिन्न आवश्यक बस्तुहरु उत्पादन गर्न मानव श्रमको अनिवार्य खपत हुनैपर्छ भन्ने जोडदार माग छ । मानव श्रम विना कुनै पनि बस्तु वा समग्रमा संस्कृतिको निर्माण असम्भव भन्ने गरेका छ्न ।
उपयुक्त प्रयोग सीप र शिक्षाले नै पुरा गर्दछ । हामीले श्रम भन्नाले मानसिक र शारीरिक दुबै प्रकारका श्रममा भाग लिने कुरामा उत्तिकै महत्व दिएको बताउनु हुन्छ। हुम्ला जिल्ला कति बिकट भए पनि भौगोलिक दृष्टिकोण ले भरिपूर्ण शिक्षा ,स्वास्थ्य ,रोजगार ,खानेपानी ,यातायात ,संचार,विद्युत, सबैको सम्भावना बोकेको हुम्ला प्राकृति जलवायु परिवर्तन हिमाल ,पहाड सबै मान्यमा भरिपूर्ण भएको बताउ छन ।
तर सन्दर्भ अशिक्षित ,गरिबी ले गर्दा व्यकर्वाल अवस्था भएको बताए ।
पढेलेखेका र सीप भएकाले शारीरिक श्रम गर्नुहुन्न भन्ने गलत संस्कारलाई हटाउने प्रयत्न गर्दै आएको छन ।
यस कुरामा सफलता हासिल गर्न, आफ्नो देश र समाज अनुसार दक्ष जनशक्तिको उत्पादन गर्न कुन प्रकारको शिक्षा प्रणाली अपनाउनु पर्छ र कस्तो शिक्षा नीति अवलम्बन गरिनुपर्छ भन्ने कुराले नै यसमा महत्वपुर्ण भुमिका खेलेको ढकाल बताउछन ।
“मानिसहरु प्राकृतिक रुपमा समान हुन्छन्, तिनीहरुको एकनास रुपमा सम्मान गर्नु पर्ने हुन्छ । समान अवसर प्रदान गर्नु पर्दछ । सबैमा राम्रो र नराम्रो बारे अध्ययन गर्ने क्षमता हुने हुनाले शिक्षामा वर्गीय विविधता हुनु हुदैंन भन्ने पहिला देखिनै खबरदारी गर्दै ढकाल आएका छन ।”
यस विचारबाट समाजको विकास र विस्तार हुदैंन । समाहित गराउन सक्नु पर्दछ र बृहत समाजमा उसको सम्बन्ध स्थापित गराउनु पर्दछ तहको शिक्षा होस् वा उच्च शिक्षा सबैको मुख्य लक्ष्य मानिसलाई समाजमा योगदान गर्नका लागि सक्षम बनाउनु पर्दछ भन्ने बुझ्दछन ।

शिक्षा आर्जन गरेको व्यक्तिले शिक्षाबाट प्राप्त ज्ञानलाई आफैंले आफ्नो व्यक्तित्व र सकारात्मक सोच विकास गर्न प्रयोग गर्न सक्नुपर्छ ।
आज हाम्रो शिक्षा नीति र नेपाली समाज माथि उल्लेखित दुबै दार्शनिकका विचार भित्र अट्न सकेको छैन । समाज, श्रम र रोजगार ,शिक्षाको सम्बन्ध त्रिकोणात्मक हुनु पर्नेमा जोड दिदै आएका छन ।
ढकालको एउटा भनाइ छ, “अलिअलि पढ्यो हलो छोड्यो अलिक धेरै पढ्यो थलो छोड्यो ।” हाम्रो अवस्था ठिक यस्तै छ । बा हजुरबाले पनि जानी नजानी पढेका छोराले हलो जोत्नु हुदैन नानी भनेर सिकाउनु भयो । अहिले राम्रोसँग पढ्न सकिनस् भने हलि बन्छस् भनेर सम्झाउनु भयो वा हकार्नु भो तर धेरै पढेलेखेर नयाँ तरिकाले कृषि उत्पादन गर्नुपर्छ, हलो त जोत्नै पर्छ, माटोसँग नखेलेर उत्पादन हुनै सक्तैन भनेर कहिल्यै भन्नु भएको छैन आफू किसानको छोरा भए पनि शिक्षामा जोड जोडदार दिदै आएका छन । समाजमा भएका विकृति विसंगतिलाई चिर फाड गर्दै आएक छन।
अवस्था लाई धोरबिरोध गर्ने गरेका छन ।
शिक्षाले समाज परिवर्तन गराउन सक्नु पर्ने हो । भूगोल सुहाउँदो जनशक्ति उत्पादन गर्नु पर्ने हो । समाजको आवश्यकता र रोजगारीको आधारमा शिक्षा प्रदान गर्नु पर्ने हो । समाजले मागेको जनशक्ति उत्पादन गर्नु पर्ने हो । हाम्रो शिक्षा नीति र संस्कारले विकसित मुलुकलाई चाहिने अर्धशिक्षित श्रमिक उत्पादन गरेको छ र उत्पादन भयौं । नेपालको परिवेशमा हेर्दा उत्पादित जनशक्ति खपत हुने अर्थात रोजगारी पाउने स्थान भने कै समाज हो ।
अहिले स्कुल स्तरमा सकभर फेल नगर्ने शिक्षा नीति रहेको छ । देशमा साक्षरताको प्रतिशत बढाउने उद्देश्य रहेको छ तर प्राथमिक तह देखि नै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिइएको छैन । दस कक्षा सम्म सकभर फेल गर्न नहुने नितिले शिक्षाको प्रारम्भिक जग नै अत्यन्तै कमजोर बन्दै गइरहेको छ बताए ।
हामी वर्ष भरी पढाउँछौं, पढ्छौं । बर्षभरी पढ्ने भनेको ज्ञान हासिल गर्न र दक्ष बन्न नै हो तर त्यसमा ध्यान दिदैनौं, अनि जम्मा ३ घण्टा चोरी चकारी लेखेर ३२ प्रतिसत ल्याएर पास हुन्छौं । प्रमाण पत्रधारी शिक्षित बन्छौं । जागिर खोज्न शहर तिर भौंतारिन्छौं ।हाम्रो शिक्षा परीक्षामूखी छ । परीक्षामा लेख्नको लागि मात्र जाने पुग्छ । जीवन उपयोगीता बारे सिक्ने चलन नै छैन । हामी त्यसै गर्छौ, गराउँछौं । यही मान्यता स्थापित छ । कुनै निर्माण वा व्यवसायीक काम, बैज्ञानिक कृषि, पर्यटन, होटल, स्वास्थ्य हरेक क्षेत्रको बारे सीप सिक्न पुनः छुट्टै पढ्नुपर्ने अत्यन्तै महंगो शुल्कमा । तर जुन आम सार्बजनिक शिक्षा प्रणाली हो त्यो व्यवहारिक सीप नसिकाउने र तर्क पूर्ण बौद्धिकताको विकास नगर्ने प्रकारको शिक्षा प्रणाली अवलम्बन गरिएको छ । यस किसिमको शिक्षाले शिक्षित वेरोजगारीको सूचाङ्क बृद्धि गर्ने काम मात्र गर्दछ । हो त्यसै गरेको छ हाम्रो शिक्षाले । शिक्षाको काम मान्छेलाई अर्कैले थालमा पस्किएको विविध व्यञ्जन र परिकारयुक्त खाना खान सिकाउने होइन । यस्ता परिकारयुक्त खानाका स्रोतहरुको खोजी गर्ने, तिनलाई प्रशोधन गर्ने र खानाका रुपमा तयार गर्ने कला सिकाउनु हो ।
हामीसँग प्रशस्त प्राकृति सम्पदाहरु छन् । तर, तिनको प्रयोग गर्न सकिरहेका छैनौं । तल नदी बगी रहेको छ । ठूल्ठुला ताल तलैयामा पानी जमी रहेको छ । तर, नजिकैका खेतबारीहरु उजाड छन । मरुभूमी तुल्यछन् । सिंचाईका अभावले रातोदिन किसानहरु अनुत्पादनको सिकार भइरहेका छन् । सधैं अनिकाल वेहोर्न वाध्य छन् ।

हाम्रो तथाकथित शिक्षित जनशक्ति भने नदीखोला, ताल तलैयामा रहेको जलशक्तिको प्रयोग उजाड खेत बारीलाई हराभरा, उर्बर र सिञ्चित बनाउने कार्यमा पूर्णतः उदासिन छ । बेखबर छ । उपायहीन छ । यो त एउटा सानो उदाहरण मात्र हो । यस्ता सयौं उदाहरणहरु छन् । युवा वर्ग अर्थात कार्य सामर्थ्य राख्ने, श्रम गर्न सक्ने तप्का आज भौंतारिदैं छ । चाहे शिक्षित वेरोजगार होस् वा अशिक्षित । हाम्रो राज्य व्यवस्थाका कारण भनौं या परम्परागत रुपमा चल्दै आएको विद्यमान शिक्षा नीतिका कारण स्नातक र स्नातकोत्तर उपाधि प्राप्त गरेका प्रमाण पत्रधारी शिक्षित युवाहरु मासिक १६ / १७ सय जना विदेश जाने क्रम बढिरहेको छ । यसको मुल कारण भने कै शिक्षा समाज सुहाउँदो नभएर हो ।
श्रम, शिक्षा र समाजलाई जोड्न नसकेर हो । व्यवसायीक शिक्षाको अभाव । प्राविधिक शिक्षा जनताको पहुँच भन्दा महँगो हुनु । देश भित्र रोजगारी सिर्जनाको दिशामा राज्यले केही निकास दिन नसक्नु । आर्थिक अभाव र जीवन शैलीमा आएको परिर्वतन, पाश्चात्य शैलीको प्रभाव, दैनिक जीवनमा झेल्नु पर्ने कष्ट, महँगो उपचार, जस्ता विषय जनताको क्रयशक्तिको पहुँच भन्दा बाहिर रहेको छ । यो आज युवा जनशक्ति विदेश पलायन हुनुको मुख्य कारण भएको छ ।

यसको परिणाम निराशा, कुण्ठा र आर्थिक बोझको रुपमा देखा पर्दछ । एउटा शैक्षिक चेतनाले भरिएको अपाङ्ग मस्तिष्क बोकेको मानिस जसले आफ्नो जीवनको भविष्य आफूले १९ / २० वर्ष लगानी गरेको ठाउँमा नभेटेर फेरि शारीरिक श्रम बेच्न विदेश पलायन हुनु पर्ने वाध्यता छ । यो परिस्थिति हेर्दा प्रश्न जन्मन्छ कि नेपालको औपचारिक शिक्षा के का लागि ? गरिब तथा विकासोन्मुख देशको शिक्षा प्रणाली र विकसित मुलुकको शिक्षा प्रणालीमा के भिन्नता हुनु पर्दछ ।समाजलाई कस्तो जनशक्तिको खाँचो छ । भन्ने बिषयमा प्रविधिक जनशक्ति कति उत्पादन गर्ने ।यी विषयहरुको तथ्याङ्क सहितका योजनाहरुको अध्ययन साथ साथै जनशक्ति उत्पादनको अधिकतम वा न्यूनतम लक्ष्य निर्धारण गर्नु पर्ने हुन्छ ।
शिक्षालाई समाजबाट पुस्तकसम्म, पुस्तकबाट चेतनासम्म, चेतनाबाट व्यवहारसम्म र व्यवहारबाट व्यवसायीक आत्मनिर्भर जीवन यापन गर्न सक्ने समाजसम्म रुपान्तरण गर्नु जरुरी भएको बताउ छन । आमूल परिवर्तन गर्न जरुरी छ ।
यसबारे अहिलेको अवस्थामा जति सकिन्छ परिमार्जन गरेर समाजमा शिक्षा र श्रमलाई जोड्ने प्रकारको शिक्षा प्रणालीको विकास गर्ने प्रयत्न ढकालले गर्दै आएका छन ।
विभिन्न प्रकारका दुख कष्ट भोक्दै आएका
अहिले ढकाल युवाको ढुकढुकी र असल, कुशल, नैतिकतावान ,कर्मनिष्ठ, निष्ठवान, सबल, सक्षम ,जुझारु युवा नेता युवा ,महिला ,दलित ,जनजाति ,क्षेत्री ,बालबालिका ,अपांग ,गरिबी,दिनदुखी,गाउँ देखि केन्द्रसम्म संघर्षशिल नेता भनेर परिचीत भएका छन ।


ताजा समाचार