काेहलपुरका थप ३ स्थानमा “क्वारेन्टाइन”

कोहलपुर
बाँकेको कोहलपुरका नग तीन वटा स्थानमा क्वारेन्टाईन बनाइन बनाइने भएको छ ।
बुधवार बसेको काेहलपुर नगरकार्यपालिका बैठकले कोहलपुर नगरपालिका वडा नं २ को लक्ष्मी माध्यामिक विद्यालय वर्दहवा, वडा नं. ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस र वडा नं. १२ मा रहेको ज्ञानज्योति मावि चप्परगाैडीलाई क्वारेन्टाइन बनाउने निर्णय भएक कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले जानकारी दए।

अहिले सम्म पनि भारतबाट नेपालीहरु आउने क्रम जारी रहेको अवस्थामा कोहलपुर नगरपालिका भित्रका जनता भारतबाट आउने भएपछि कोहलपुरमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको हो ।
साथै बैठकले वडाकाे सिफारीषमा किसानलाई धानकाे किउ कृषि शाखाबाट बितरण गर्ने निर्णय भएकाे प्रवक्ता रिजालले बताए।
कोहलपुर नगरपालिकाको कार्यपालिकाले गरेका निर्णयहरुलाई कोहलपुर नगरपालिका बसेको सर्वपक्षिय बैठकले समर्थन जनाएको नेकपा कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिइन।


ताजा समाचार