अप्ठ्याराेमा परेकालाई सहयाेग गरा‌ै – मन्त्री पाैडेल

काेहलपुर

प्रदेश ५ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा बाँके निर्वाचन क्षेत्र १ ‘ख’ का प्रदेश सभा सदस्य अारती पाैडेलले काेहलपुरमा भएकाे असहज वातावरण प्रति दुख ब्यक्त गर्नुभएकाे छ।

बुधवार एक प्रेश बिज्ञप्ति जारी गर्दै मन्त्री पाैडेलले जेष्ठ ६ गते बाँकेकाे नरैनापुर गाउपालिकामा रहेकाे आइसाेलेसन सेन्टर अस्पताल बाट टाढा भएकाले त्यहा भएका मानिसलाई काेहलपुर स्थित कृषि बिकास बैकाे तालिम केन्द्र पिपरीमा अाइसाेलेसन सेन्टरमा सार्ने क्रममा असहज वातावरण भएकाे भन्दै दुख ब्यक्त गर्नुभएकाे हाे। मन्त्री पाैडेलले एकले अर्काेलाई सहयाेग गर्ने परम्परालाई नबिर्सन समेत काेहलबासीलाई आग्रह गर्नसभएकाे छ। काेहलपुरकाे वातावरणलाई सहज बनाउन र नरैनापुरका जनता लगाएत अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई सहयाेग गर्न स्थानिय बासी , जनप्रतिनिधि ,राजनीतिकर्मी,समाजसेवी , ब्यापारीलगाएत सबैलाई आग्रह गर्नुभएकाे छ।


ताजा समाचार