बाँकेमा ‘समस्यामा परेकालाई सहयाेग’ गर्दै ४१ओेेेै शिक्षक दिवस मनाइने

काेहलपुर , चैत्र २८

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले समस्यामा परेकाहरुलाई सहयाेग गर्दै ४१अाै शिक्षक दिवस मनाउने भएकाे छ।
संगठनले हरेक बर्षको चैत्र २९ गते शिक्षक/कर्मचारी बीच समन्वयात्मक गतिविधि र अपनत्व बोधकासाथ रचनात्मक कार्यक्रम सञ्चालन गरि वार्षिकोत्सब मनाउने गरेकाेमा काेराेना भाइरसकाे संन्त्रास तथा लकडाउनका कारण यसबर्ष फरक तरिकाले शिक्षक दिवस मजाउन लागिएकाे संगठनका जिल्ला अध्यक्ष बामदेव सुबेदीले जानकारी दिए।
संगठनले एक सामाजिक संजाल मार्फत एक बिज्ञप्ती जारी गर्दै भनिएकाे छ-‘यतिखेर कोरोना भाइरस (COVID-19) को संन्त्रासपुर्ण प्रकोप बाट विश्व विक्षिप्त भएको छ । हजारौंको सङ्ख्यामा मानिसहरुले ज्यान गुमाइ सकेका छन । लाखौंको सङ्ख्यामा मानिसहरु संक्रमित भै सकेका छन भने अार्थिक ,सामाजिक र साँस्कृतिक संकट छाएको छ। ‘ संगठनका अध्यक्ष सुवेदी र सचिव दिलबहादुर खत्रीले जारी गरेकाे बिज्ञप्तीमा अगाडि लेखिएकाे छ- ‘यस वर्षको ४१अौं शिक्षक दिवस उक्त समयमा माथि उल्लेखित कार्यक्रमकासाथ सम्पन्न गर्न सम्भव नदेखिएकाले विश्वको यस संकटग्रस्त अवस्थामा हामी शिक्षक/कर्मचारीहरु मनोबैज्ञानिक रुपमा एकजुट भै अाफु सचेत भै अरुलाई सचेत पार्दै सरकारले अवलम्बन गरेको कदमलाई पूर्ण सफल बनाउदै मन मस्तिष्कबाट सङ्गठनको गरिमालाई उच्च तहमा कायम राख्दै यस
यस वर्षको शिक्षक दिवस अा-अाफ्नो क्षेत्रबाट समस्यामा परेका व्यक्तिहरुलाई सक्दो सहयोग गरि मनाउनु पर्ने निर्णय भएकाे छ ‘। बिज्ञप्तीमा भनिएकाे छ-‘यस संकटमा स्थानीय सरकारले थालनी गरेका रचनात्मक गतिविधिमा अावस्यकता अनुसार नैतिक ,अार्थिक, बौद्धिक र भौतिक सहभागिता जनाइ पेशागत र सङ्गठनात्मक कर्तव्य निर्वाह गर्न बाँकेमा रहनुहुने शिक्षक सङ्गठनमा अावद्ध सम्पूर्ण शिक्षक /कर्मचारीज्यूहरुलाई हार्दिक अनुरोध गर्दछाै’ बिज्ञप्तीमा देशमा नेपालीमा पनि यस भयानक रोगको प्रवेश भैसकेकाले विभिन्न खाले समस्या लाई साथी बनाउदै सबै लेपाली कोरोना भाइरससँग लडिरहेकाले उल्लेख छ।संगठनले जारी गरेकाे बिज्ञप्तीमा विश्वमा देखिएको माहामारी प्रकोपबाट सुरक्षित हुन नेपाल सरकारले नेपालीको स्वास्थ्यलाई ख्याल गर्दै विश्वव्यापी समस्यालाई अध्ययन मुल्यांकन गर्दै नेपालमा Lockdown को घोषणा गरेकोमा सबैले त्यसको पुर्णरुपमा पालना गरिरहने प्रतिबद्धता संगठनले गरेकाे छ।


ताजा समाचार