काेहलपुर छिर्ने सबै नाकामा ‘राेड बेरियर’

काेहलपुर ,चैत्र २७

काेहलपुरनगरपालिका र इलाका प्रहरी कार्यालय काेहलपुरकाे सहकार्यमा काेहलपुर छिर्ने नाकाहरुमा राेड बेरियर राखिएकाे छ।
काेहलपुर नगरपालिमा चैत्र २४ गते भएकाे सर्वदलिय बैठककाे निर्णयलाई अझ कडा रुपमा कार्यान्वयन गर्न काेहलपुर छिर्ने नाकाहरुमा राेड बेरियल राखिएकाे हाे।
पुर्ब पश्चिम उत्तर दक्षिण का चार वटै प्रबेश गर्ने राजमार्गका नाका हरुमा राेड बेरियल राखिएकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि एस पी कुलदिप चन्दले जानकारी दिए। अब अति अाबश्यक सवारी साधन बाहेकका सवारी साधन काेहलपुर नगर भित्र प्रवेश पाउने छैनन।

सरकारले एक पालिका बाट अर्काे पालिकामा प्रवेश गर्न कडाई गर्ने भनी गरेकाे निर्णय अनुसार काेहलपुर नगरपालिकाले पनि यसलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेकाे थियाे।

लक डाउन लाई अझै प्रभावकारी बनाइ मानिस हरुको मानिसहरुकाे अवतजावत लाई थप न्यून गर्ने उद्देश्यले कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालयले अन्तरपालिका आवागमनमा थप कडाई गर्न राेड बेरियर लगाएकाे हाे। नगरपालिका प्रबेश गर्ने राजमार्गका मुख्य नाका हरुमा रोड बेरियर राखि थप कडाइ गर्ने प्रयास सम्भवत नेपालमै पहिलो चोटि आरम्भ गरिएको छ। याे प्रयासलाई हैरानिको रुपमा नलिइ हाम्रै सुरक्षार्थ हो भन्ने अर्थमा बुझिदिन कोहलपुर प्रहरी प्रमुख चन्दले अनुराेध गरे। उनले भने ,-‘यो गर्नु रहर नभई बाध्यात्मक अवस्था हो।यो महामारिको विषम परिस्थितिले श्रृजित अवस्था हो।’ यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गरिदिन समेत डि एस पि चन्दले अनुराेध गरेका छन।

सम्बन्धित समाचार