काेहलपुर प्रहरीद्वारा सुत्केरी महिलासहित भारतिय नागरिककाे उद्दार
काेहलपुर , चैत्र २७

लकडाउका कारण केही दिनदेखि भाेकै रहेकी भारतिय सुत्केरी महिला सहितकाे टाेलीलाई काेहलपुर प्रहरीले उद्दार गरेकाे छ।
लकडाउनका कारण चितवनबाट हिडेरैे बाँकेकाे कुसुमसम्म आइपुगेका ६७ जना भारतीय नागरिकलाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डी .एस.पी कुलदीप चन्द बताए।
ती मध्ये एक जना महिला बाटाेमा मै सुत्केरी भएकी थिइन।सुत्केरी ती महिला केही दिनदेखि भाेकभाेकै रहेकाे उनकाे दुखेसाे थियाे।
डि.एस.पी. चन्दका अनुसार उनिहरु चितवनबाट पैदल यात्रा गरेर चैत २६ गते बिहान बाँकेकाे कुसुम आइपुगेका थिए। डि एस पि चन्दले भने -“गन्तव्य हिन यात्राका यी यात्रुहरु लाई अहिलेको अबस्थाले कहि कतै छोएको छैन , मात्र एक गाँस खाना को आशले उनीहरु पैदल यात्रामा जुटेकाे पाइयाे”। प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा स्थानीय हरु आक्रोसित भएका थिए। स्थानीयले अपरिचित मानिसलाई अाफ्नाे बस्तिमा अाएकाे भन्दै त्यहाबाट अन्यत्र पठाउन प्रहरीलाई अनुराेध गरेकाे प्रहरीकाे भनाई छ।

डि.एस.पी. चन्दले भने,- ” प्रहरीले यो दृष्य हेरिरहन सकेन। उनीहरुकाे उद्दार , बाँस र भोजनको ब्यवस्थापन गर्न कोहलपुर न.पा. १४ स्थित राम माबिको कक्षा कोठामा बसोबासको प्रबन्ध मिलाइएकाे छ।” , २-३ बर्ष देखि १४-१५ उमेर सम्मका यी बालबालिका राम माबिको चौरमा अहिले उफ्रिदै रमाएका देखिन्छन।डि एस पि चन्दले भने ,- ” थोरै ड्राइ फुडकाे प्रबन्ध गरि भोक मार्ने कोसिस गरिएकाे छ । ” उनीहरुलाई स्थानीय सरकार तथा प्रदेस सरकार बाट राहत उपलब्ध गराउने पहल भैरहेको उनकाे भनाई छ। उनले भने -” मेराे लागी यो क्षण अन्त्यन्तै भावुक थियाे” प्राकृतिक बिपदमा जीवन रक्षानेै प्रथम प्राथमिकता हुने उनकाे भनाई छ।





