नेपालगञ्जकाा मजदुरलाई सिद्धबाबा हार्डवेयरको सहयोग

२०७६ चैत्र २६ गते

नेपालगञ्ज, नेपालगञ्जको कारकाँदोमा रहेको सिद्धवावा हार्डवेयर प्रालीले अति विपन्न ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । सिद्ध वावा हार्डवेयरका अध्यक्ष कमल कार्कीले बुधबार नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले सहयोग हस्तान्तरण गर्नुभयो ।
कार्कीले कोरोना भाईरसको महामारी विरुद्ध जुध्न राज्य एक्लैले सम्भव नहुने भन्दै आम नागरिकले राज्यलाई सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रालिले सामाजिक उत्तरदायीत्वय अन्तर्गत समस्यामा परेका परिवारलाई सहयोग गरिएको बताउनुभयो ।


ताजा समाचार