कालाेबजारी नगर्न नेकपा काेहलपुरकाे चेतावनी
काेहलपुर

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) काेहलपुर नगर कमिटीले विभिन्न खाद्य सामाग्री , खाना पकाउने ग्यास तथा मास्कमा कालाे बजारी भएकाे सुनिन अाएकाे र त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।
कमिटिले साेमबार प्रेस बिज्ञप्ती जारी गर्दै दैनिक उपभाेग्य सामाग्री , खाना पकाउने ग्यास तथा मास्क लगाएतका बस्तुहरुमा कालाबजारी भएकाे सुनिन अाएकाेले स्थानिय सरकार र काेहलपुर उधाेग व्यापार बजार अनुगमन गरि कालाेबजारी राेक्न तथा कालाेबजारी गरेकाे पाइएमा कडा कारवाही गर्न अनुराेध गरेकाे छ।
काेराेना भाइरसकाे संका लागेका बिरामीलाई राख्न क्वारेनटाइन र अाइसुलेसन काे ब्यवस्था गरि सार्वजनिक गर्न स्थानिय सरकार संग नेकपा नगर कमिटि अनुराेध गरेकाे। साथै पार्टिले काेहलपुर नगर पालिका अन्तर्गत वडा न १ देखि १५ सम्म सम्बन्धि वडाका पार्टीका वडा अध्यक्ष र सचिवले काेराेनाका लक्षण तथा यसबाट बाट बच्न अपनाउनु पर्ने सुरक्षित उपाएका बारेमा वडा क्षेत्रमा माइकिङ्ग गर्न निर्देशन समेत दिएकाे छ।




