काेहलपुरमा खाधान्न पसल दुई घण्टा मात्र खुल्ने

– कोहलपुर

बिश्वभर महामामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसकाे जाेखिक बढेपछि काेहलपुर नगरपालिकाले भाेली ( साेमबार) देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएकाे छ ।
काेहलपुर नगरकार्यपालिकाकाे साेमबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे काेहलपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेव भारतीले जानकारी दिए।
भाेली साेमबार देखि खाधान्न पसल दुई घण्टा मात्र खाेल्न अनुराेध गर्ने निर्णय भएकाे पनि प्रमुख प्रशासकिय अधिकृत भारतीले बताए। अर्काे सुचना नभएसम्म अति अावश्यक किराना तथा खाधान्न पसलहरु साझ ४ बजेदेखि ६ बजेसम्म खुल्ने छन।नगरभित्र रहेका अाैषधीपसल हरुलाई भने २४ घण्टानै खाेल्न अनुराेध गरिने छ।
अतिअाबश्यक सेवाबाहेकका अन्य सेवा संचालन गरे नगरेकाे इलाका प्रहरी कार्यालय काेहलपुरले अनुगमन गर्ने छ ।


ताजा समाचार