साेमबार देखि काेहलपुरमा अत्यावश्यक सेवा बाहेक सबै बन्द हुने
– कोहलपुर

बिश्वभर महामामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसकाे जाेखिक कम गर्न कोहलपुर नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेकाे छ । काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारतीले आईतबार एक सूचना जारी गर्दै नगरपालिकाले चैत्र २१ गतेसम्मका लागि काेहलपुर नगरपालिका भित्रका सबै सेवाहरु बन्द गर्ने सुचनामा उल्लेख छ । नेपाल सरकारले घोषणा गरेको अत्यावश्यक सेवाहरु भने सुचारु नै रहने छन ।
कोहलपुर नगरपालिकाको कार्यालय अन्तर्गत पर्ने विषयगत शाखा/उपशाखाका कार्यालयहरु र सम्पूर्ण वडाबाट प्रवाह हुँदै आएका सेवाहरु चैत्र २१ गतेसम्मलाई बन्द गरीएको सूचनामा उल्लेख गरीएको छ । साथै जुनसुकै समयमा पनि कोरोना बिरुद्धको अभियानमा जुट्नुपर्ने भएकाले सबै कर्मचारीलाई अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन आग्रह समेत गरीएको छ ।




