जमुनाह नाका आइतवार देखि बन्द।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा आउन नदिन जमुनाहा स्थित नाका बन्द गरिएको छ । आईतबार बिहानै नेपाल र भारततिय सुरक्षा निकायका स्थानिय प्रमुखहरुको छलफलबाट जमुनाह नाका एक हप्तालाई बन्द गर्ने सहमती भएको हो ।
आईतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख बिर बहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरिक्षक दिपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी सम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा सहितको दुईपक्षिय छलफलका क्रममा सिमा नाका बन्द गर्ने बारे सहमती भएको हो । उक्त नाका हुँदै भारतबाट हजाराै मानिसहरु नेपाल प्रबेश गरेपछि नेपालमा पनि काेराेनाकाे जाेखिम बढेकाे भन्दै नेपालले उक्त नाका बन्द गर्न पहल गरेकाे थियाे ।
शुक्रबारदेखी सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीहरुलाई भने आवागमनकालागि छुट गरीएको थियो । सिमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन संचालन हुन पाउने छैन । यद्यपी अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमती भएको छ ।
स्थानिय प्रशासनले रुपैडिया बजार समेत बन्द गर्न निर्देशन दिएकाे ब्यापारिहरुले जनाएका छन।




