कोरोना भाइरस फैलिन नदिन सचेतना फैलाउदै नेकपा बाँके १

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), क्षेत्रिय समन्वय कमिटि बाँके क्षेत्र नं. १ ले कोरोना भाईरस बाट सचेत हुन जनचेतानामुलक अभियान संचालन गर्ने भएको छ । विश्वब्यापी रुपमा महामारीको रुप लिईरहेको कोरोना भाईरसको बारेमा स्थानियहरुलाई थप सचेत बनाउन र जाेखिम कम गर्ने उद्देश्यले अभियान संचालन गर्न लागिएको
नेकपा क्षेत्रिय समन्वय कमिटि बाँके क्षेत्र नं. १ का संयोजक सुर्य ढकालले जानकारी दिए ।
अभियान अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने ३० वटा वडामा कोरोना भाईरस सम्बन्धि विभिन्न खाले सामग्री बाँडिने भएको छ । अभियान सोमबार र मंगलबार संचालन हुनेछ।




