राती १२ बजे देखी जनता कर्फ्यु, घरबाट बाहिर ननिस्कन प्रहरीकाे अनुराेध
काेहलपुर १० चैत्र

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार १२ बजे रातीदेखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण गर्न जनता कर्फ्यु लगाउन परेको उहाँले बताउनुभयो । जनता कर्फ्युको समयमा बाहिर हिड्ने जोकोहीलाई प्रहरीले बल प्रयोग गर्न सक्ने भएकाले सबैलाई घरभित्रै सुरक्षित बस्न समेत खड्काले आग्रह गर्नुभयो ।
सोमवार बसेको सुरक्षा निकायको छलफलले अत्यावश्यक सवारी साधान बाहेकका कुनैपनि सवारीसधान, पसल र हिड्दुल गर्न नपाउने गरि जनता कफ्यु लागु गरिएको उहाँले जानकारी गराउनुभयो । प्रजिअ खड्काले होम क्वारेन्टाईनमा बस्न र बसाउन सवैमा अनुरोध गर्नुभएको छ । चेतनाको अत्यन्त आवश्यक रहेको हुनाले सेल्फ क्वारेन्टाईको अति नै आवश्यक रहेको हुनाले यसको सदुपयोग गर्न सवैमा उहाँले अनुरोध गर्नुभयो ।
अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने किसिमले आज बसेको छलफलले निश्कर्ष निकालेको उहाँले बताउनुभयो । इमरजेन्सी सवारीसाधान बाहेक कुनैपनि किसिमको सवारी साधान अर्को सुचना नआएसम्म जनता कफ्यु लागु गरिएको उहाँले जानकारी गराउनुभयो । प्रजिअ खड्काका अनुसार अर्को आदेश जारी नभएसम्म बाँके जिल्लाभर जनता कर्फ्यु लागु हुने उहाँले जानकारी गराउनुभयो । विश्वबयापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम कम गर्ने भन्दै यसअघि नेपालगन्ज र कोहलपुरलाई लकडाउन गरीएको थियो । यद्यपी लकडाउनको समयमा समेत सवारी साधन तथा स्थानियको चहलपहल कम नभएपछि जनता कर्फ्यु लगाउने निर्णय गरीएको हो ।




